कालंगा हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, २ लाख ८७ हजार आवेदकले पाए १०–१० कित्ता सेयर
- BFIS News
- 2026 Jun 10 12:02
काठमाडौं । कालंगा हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार बुधबार बिहान आईपीओ बाँडफाँड गरिएको हो।
सानिमा क्यापिटलले लगातार सार्वजनिक बिदा परेकाले आईपीओ बाँडफाँड प्रक्रिया केही ढिलो भएको जनाएको छ। कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको २८ लाख ७० हजार कित्ता सेयर गोलाप्रथामार्फत वितरण गरिएको हो।
बिक्री प्रबन्धकका अनुसार प्राप्त आवेदनका आधारमा २ लाख ८७ हजार आवेदकले न्यूनतम १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। आईपीओको नतिजा बाँडफाँड सम्पन्न भएपछि बिक्री प्रबन्धक सानिमा क्यापिटल तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिन्छ।
सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा १७ लाख ७९ हजार ५९३ जना आवेदकबाट २ करोड २५ लाख २९० कित्ता सेयरका लागि आवेदन परेको थियो। आवेदन रकम कुल २ अर्ब २५ लाख २९ हजार रुपैयाँ बराबर रहेको जनाएको छ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरिसकेको थियो। त्यसपछि बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले आफ्नो १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ करोड रुपैयाँ मूल्यको आईपीओ निष्काशन गर्न अनुमति प्राप्त गरेको थियो। सोही अनुसार कम्पनीले कुल ४९ लाख कित्ता साधारण सेयर जारी गरेको हो।
जारी गरिएको कुल सेयरमध्ये १४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई तथा ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड भइसकेको छ। यस्तै, १ लाख ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र १ लाख ५ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी रहेको २८ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो।
आइपिओ नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया