NIMB Header 2
Nepal Life

नेपालको पहिलो वाईन उद्योग मकालु वाईनले १० लाख कित्ता आईपीओ ल्याउदै

IME LIFE
  • BFIS News
  • 2026 Jun 10 16:58
नेपालको पहिलो वाईन उद्योग मकालु वाईनले १० लाख कित्ता आईपीओ ल्याउदै
United Ajod

काठमाडौं । नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबरको १० लाख कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्ने तयारी गरेको जनाएको छ।

Nepal Life
NIMB

आईपीओ निष्काशनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धमा आयोजित कार्यक्रममा मकालु वाईन इन्डस्ट्रिजका अध्यक्ष पिताम्बर पोख्रेल र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ।

वि.सं. २०५२ सालमा संखुवासभाको धर्मदेवी नगरपालिका–३ मा स्थापना भएको मकालु वाईन इन्डस्ट्रिजले तीन दशकभन्दा बढी समयदेखि अर्गानिक वाईन उत्पादन गर्दै आएको छ। कम्पनीले समुद्री सतहबाट करिब २ हजार ८ सय मिटर उचाइमा रहेको प्राकृतिक मुहानको पानी तथा स्थानीय जंगलमा पाइने चुत्रो र ऐंशेलु प्रयोग गरी ‘हिंवा वाईन’ उत्पादन गर्दै आएको जनाएको छ।

कम्पनीका अनुसार आधुनिक प्रविधिको प्रयोगमार्फत उच्च गुणस्तरका वाईन उत्पादन गरिँदै आएको छ। उद्योगसँग करिब २० रोपनी आफ्नै जग्गा रहेको छ भने उत्पादन क्षमता विस्तारका योजनामा समेत काम भइरहेको बताइएको छ।

मकालु वाईनमा देवश्री भेन्चर, हारभेस्ट भेन्चर, विर्तामोड सञ्जिवनी इन्भेष्टमेन्ट तथा स्टक आइडियाज इन्भेष्टमेन्टलगायत संस्थागत लगानीकर्ताको समेत लगानी रहेको छ। कम्पनीले निकट भविष्यमा अंगुरबाट उत्पादन गरिने तीन प्रकारका प्रिमियम वाईन बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिएको छ।

कम्पनीले आईपीओ निष्काशनमार्फत संकलित पूँजी उत्पादन विस्तार, ब्राण्ड प्रवर्द्धन तथा नयाँ उत्पादन विकासमा उपयोग गर्ने अपेक्षा गरिएको छ। यस कदमलाई नेपालको अर्गानिक वाईन उद्योगलाई पूँजी बजारसँग जोड्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

आईपीओ निष्काशनको बिक्री प्रबन्धक नियुक्त भएको रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहायक संस्था हो। उक्त कम्पनीले नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निष्काशन तथा बिक्री व्यवस्थापन, शेयर रजिष्ट्रेशन, योजना व्यवस्थापन, डिपोजिटरी सेवा तथा संस्थागत परामर्श सेवा प्रदान गर्न अनुमति प्राप्त गरेको मर्चेन्ट बैंकिङ संस्था हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया