NIMB Header 2
Nepal Life

घोराही सिमेन्टका ४ करोडभन्दा बढी लक–इन शेयर असार ३१ देखि कारोबारयोग्य हुने

IME LIFE
  • BFIS News
  • 2026 Jun 10 17:07
घोराही सिमेन्टका ४ करोडभन्दा बढी लक–इन शेयर असार ३१ देखि कारोबारयोग्य हुने
United Ajod

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले कम्पनीका विभिन्न समूहका लगानीकर्ताको नाममा रहेको शेयरको अनिवार्य तीन वर्षे लक–इन अवधि आगामी असार ३१ गते (जुलाई १५, २०२६) समाप्त हुने जनाएको छ।

Nepal Life
NIMB

कम्पनीले बुधबार एक सूचना जारी गर्दै धितोपत्र बोर्ड (सेबोन) को निर्देशनअनुसार लक–इन अवधि समाप्त हुनुभन्दा ३० दिनअघि सर्वसाधारण लगानीकर्ता तथा नियामक निकायलाई जानकारी गराएको हो। ती शेयरहरू २०८० असार ३१ गते (जुलाई १६, २०२३) कम्पनीका संस्थापक शेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीहरूलाई वितरण गरिएको थियो।

सूचनाअनुसार लक–इन अवधि समाप्त भएपछि हालसम्म वितरण भएका बोनस शेयरसहित कुल ४ करोड ३१ लाख ८ हजार १११ कित्ता शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्। यसमध्ये संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ करोड १ लाख ९५ हजार ६३४ कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको नाममा रहेको २४ हजार ७०५ कित्ता तथा कर्मचारीहरूको नाममा रहेको ९७ हजार ७७२ कित्ता शेयर समावेश छन्।

यद्यपि, कम्पनीले सञ्चालक समितिका सदस्य तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको नाममा रहेको शेयर भने प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाअनुसार तत्काल कारोबारका लागि खुला नहुने स्पष्ट पारेको छ।

कम्पनीको शेयर अभिलेख व्यवस्थापन (शेयर रजिस्ट्रार) सम्बन्धी कार्य हिमालयन क्यापिटल लिमिटेडले गरिरहेको छ। लक–इन अवधि समाप्तिसँगै ठूलो परिमाणमा शेयर कारोबारयोग्य बन्ने भएकाले यसले कम्पनीको शेयर आपूर्ति तथा बजार गतिविधिमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया