विजय लघुवित्तले बोलायो १७औं वार्षिक साधारणसभा, शतप्रतिशत हकप्रद शेयर प्रस्ताव लैजाने
- BFIS News
- 2026 Jun 16 14:20
काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा बोलाएको छ । संस्थाको असार १ गते बसेको सञ्चालक समितिको बैठकले असार २६ गते धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा दिउँसो १ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा संस्थाको कुल चुक्तापूँजीको ९ दशमलव २२ प्रतिशत बराबर संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने विशेष प्रस्ताव पेश गरिनेछ ।
त्यस्तै सभामा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि लैजाने भएको छ । हकप्रद शेयर निष्काशनका लागि संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गरी पूँजी संरचना परिवर्तन गर्ने प्रस्ताव समेत पेश गरिनेछ ।
यसैगरी प्रबन्धपत्र तथा नियमावली संशोधनका क्रममा नियमनकारी निकायबाट कुनै थप संशोधन गर्न निर्देशन आएमा सोहीअनुसार आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ ।
साधारणसभा प्रयोजनका लागि संस्थाले असार ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया