आइएमई लाइफकी मिना मोक्तान ६ महिनामै एमडिआरटी २०२७ मा क्वालिफाई
- BFIS News
- 2026 Jun 17 16:53
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर मिना मोक्तानले जीवन बीमा क्षेत्रमा प्रवेश गरेको ६ महिनामै विश्वभरका बीमा अभिकर्ताहरूको प्रतिष्ठित संस्था ‘मिलियन डलर राउन्ड टेबल (एमडिआरटी) २०२७’ मा क्वालिफाई गर्न सफल भएकी छन् ।
आइएमई लाइफ इन्स्योरेन्सबाट एमडिआरटी २०२७ मा क्वालिफाई हुने अभिकर्तामध्ये मोक्तान तेस्रो स्थानमा रहन सफल भएकी कम्पनीले जनाएको छ ।
व्यक्तिगत व्यवसायमा संलग्न रहँदै आएकी मोक्तान सामाजिक सेवाको उद्देश्यसहित आइएमई लाइफ इन्स्योरेन्ससँग आबद्ध भएकी हुन् । उनले बीमाको पहुँचबाट टाढा रहेका नागरिकलाई जीवन बीमामार्फत आर्थिक सुरक्षा प्रदान गर्ने अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् ।
मोक्तानले जीवन बीमाको महत्वबारे जनचेतना फैलाउँदै प्रत्येक नागरिकलाई बीमाको दायरामा ल्याउने र वित्तीय सुरक्षा सुनिश्चित गर्ने लक्ष्यका साथ काम गरिरहेको बताएकी छन् ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)















प्रतिक्रिया