NIMB Header 2
Nepal Life

नेप्से झिनो अंकले बढ्दा १२६ कम्पनीको शेयरमूल्यमा हरियाली, दुई कम्पनीमा सकारात्मक सर्किट

IME LIFE
  • BFIS News
  • 2026 Jun 17 16:57
नेप्से झिनो अंकले बढ्दा १२६ कम्पनीको शेयरमूल्यमा हरियाली, दुई कम्पनीमा सकारात्मक सर्किट
United Ajod

काठमाडौं । साताको कारोबारको क्रममा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेसँगै १२६ वटा कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ ।

 

Nepal Life
NIMB

आज सोपान फर्मास्युटिकल्स लिमिटेड र एपोलो हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी बुंगल हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ३७ प्रतिशतले बढेको छ भने त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य ५ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै १० दशमलव ७५ प्रतिशत एसबिएल डिबेन्चर २०८९ को मूल्य ५ दशमलव ८८ प्रतिशत, ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेन्चर २०९० को मूल्य ५ दशमलव ८० प्रतिशतले बढेको छ ।

यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य ४ दशमलव १० प्रतिशत, सनराइज ब्लुचिप फण्ड ४ दशमलव ०६ प्रतिशत, हिमालयन बैंक बण्ड २०८६ ३ दशमलव ०९ प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्ड–२ को मूल्य ३ दशमलव ०४ प्रतिशतले वृद्धि भएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया