गरिमा विकास बैंकले शेयरधनीलाई एक महिनाभित्र बाँकी नगद लाभांश बुझिलिन आग्रह
- BFIS News
- 2026 Jun 18 11:55
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले विगतका आर्थिक वर्षहरूमा घोषणा गरिएका तर हालसम्म पनि नबुझिएका नगद लाभांश रकम सम्बन्धित शेयरधनीलाई एक महिनाभित्र बुझिलिन आग्रह गरेको छ।
बैंकले आर्थिक वर्ष २०६६/०६७ देखि २०७३/०७४ सम्मका वार्षिक साधारण सभाबाट पारित नगद लाभांशमध्ये केही रकम अझै पनि सम्बन्धित शेयरधनीले नलिएको जनाएको छ। बैंकका अनुसार गरिमा विकास बैंकसँग गाभिनुअघि रहेका तत्कालीन निलगिरी विकास बैंक, शुभेच्छा विकास बैंक र सहारा विकास बैंकका केही शेयरधनीले समेत लाभांश रकम नबुझेको पाइएको छ।
सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र सम्बन्धित शेयरधनीले काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालय वा शेयर रजिष्ट्रार एनआईएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा सम्पर्क गरी बाँकी रहेको नगद लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले तोकिएको अवधिभित्र पनि लाभांश दाबी गर्न नआएमा उक्त रकम कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (९) बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया