NIMB Header 2
Nepal Life

सिटिजन लाइफले ११ महिनामा बीमितलाई १ अर्बभन्दा बढी दाबी भुक्तानी दियो

IME LIFE
  • BFIS News
  • 2026 Jun 18 14:14
सिटिजन लाइफले ११ महिनामा बीमितलाई १ अर्बभन्दा बढी दाबी भुक्तानी दियो
United Ajod

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै करिब १२ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ।

 

Nepal Life
NIMB

कम्पनीका अनुसार २०८२/८३ को जेठ महिनासम्म अर्थात् चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा बीमितहरूलाई कुल १ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी दिइएको छ।

कम्पनीले बीमितबाट दाबी निवेदन प्राप्त हुनेबित्तिकै आवश्यक प्रक्रिया पूरा गरी छिटो र सहज रूपमा दाबी भुक्तानी प्रदान गर्दै आएको जनाएको छ।

केही दाबीमा आवश्यक कागजात अपुग वा अन्य कारणले ढिलाइ भए पनि अधिकांश दाबी भुक्तानी समयमै सम्पन्न भइरहेको कम्पनीले जनाएको छ।

सिटिजन लाइफले बीमितको विश्वास कायम राख्न प्रभावकारी दाबी व्यवस्थापन र छिटो सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया