NIMB Header 2
Nepal Life

सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट थुनामा, ६ करोड ३० लाख पर्ने ‘१ नम्बर’ गाडी जफत

IME LIFE
  • BFIS News
  • 2026 Jun 18 13:25
सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट थुनामा, ६ करोड ३० लाख पर्ने ‘१ नम्बर’ गाडी जफत
United Ajod

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्टलाई थुनामा पठाइएको छ। विशेष अदालतले थुनछेक आदेशपछि भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश दिएको हो।

 

Nepal Life
NIMB

विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले उनीहरूलाई थुनामा राख्ने आदेश दिएको हो।

यससँगै दीपक भट्टको करिब ६ करोड ३० लाख रुपैयाँ मूल्य पर्ने ‘१ नम्बर’ को लक्जरी गाडी जफत गरिएको छ। उक्त गाडी प्रिमियम श्रेणीको रहेको र यसमा २९९६ सीसी ६–सिलिन्डर माइल्ड–हाइब्रिड पेट्रोल इन्जिन रहेको जनाइएको छ।

हिमालयन रि इन्स्योरेन्स कम्पनीको लगानी दुरुपयोग गरेको तथा नेपाल रि इन्स्योरेन्सको शेयर योजनाबद्ध रूपमा खरिद गरेको लगायतका आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरी केही दिनअघि मुद्दा दर्ता गरेको थियो।

यता, दीपक भट्टले भने आफूलाई जानकारी नदिई सुलभ अग्रवालले कोषको रकम दुरुपयोग गरेको आरोप लगाउँदै आएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया