नेप्से परिसूचक ५ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ४१ करोड
- BFIS News
- 2026 Jun 18 15:28
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५ दशमलव ०६ अंकले घटेर २ हजार ७०० दशमलव बिन्दुमा कायम भएको छ ।
आज कुल ३४७ वटा कम्पनीको ७४ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको छ । उक्त कारोबारबाट ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
बिहीबार दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एपोलो हाइड्रोपावर र सोपानको शेयरमा १० प्रतिशतको वृद्धि हुँदै सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै आत्मनिर्भर लघुवित्तको शेयर मूल्य १२ दशमलव ५३ प्रतिशतले बढेको छ भने बुङ्गल हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव ५६ प्रतिशतले वृद्धि भएको छ ।
बजार परिसूचक सामान्य घटे पनि केही जलविद्युत् तथा लघुवित्त कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया