शेयर बजारमा निरन्तर दबाब, नेप्से ५ अंकले घट्दा कारोबार रकम पनि खुम्चियो
- BFIS News
- 2026 Jun 18 15:32
काठमाडौं। नेपाली शेयर बजार पछिल्ला दिनमा निरन्तर दबाबमा देखिएको छ । बजार सूचक ओरालो लाग्दै जाँदा लगानीकर्ताको सम्पत्तिको मूल्यमा गिरावट आएको छ भने कारोबार रकमसमेत घट्दै गएको छ । यसले पूँजी बजारमा लगानीकर्ताको सहभागिता र मनोबल कमजोर बन्दै गएको संकेत गरेको छ ।
लगातार घटिरहेको बजारका कारण साना तथा मझौला लगानीकर्तामा अन्योल बढेको छ । तत्काल नाफा सुरक्षित गर्ने उद्देश्यले बिक्री चाप बढ्दा बजारमा आपूर्ति उच्च भएको र त्यसको असर शेयर मूल्यमा परेको विश्लेषण गरिएको छ ।
राजनीतिक नेतृत्व परिवर्तनपछि बजार सुधार हुने अपेक्षा गरिए पनि अपेक्षित गति लिन नसक्दा लगानीकर्ताको विश्वास पुनः बलियो बन्न सकेको छैन । नीतिगत सुधारका प्रयास भए पनि त्यसको प्रभाव तत्काल देखिन नसक्दा बजारमा स्थायित्व ल्याउन चुनौती थपिएको छ ।
यस्तै, कर प्रणाली, पुँजीगत लाभकर तथा नियामक नीतिसम्बन्धी अन्योलले पनि लगानीकर्ताको मनोविज्ञानमा असर परेको छ । नियामक निकायको कडाइ तथा पछिल्ला अनुसन्धान र कारबाहीका घटनाले समेत बजारमा दबाब सिर्जना गरेको विश्लेषकहरू बताउँछन् ।
बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.०६ अंकले घटेर २७०० बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको ७४ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ८ वटा उपसूचक घटेका छन् भने ५ वटा उपसूचकमा सुधार देखिएको छ । बिहीबार ७७ कम्पनीको शेयर मूल्य बढ्दा १८१ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया