NIMB Header 2
Nepal Life

समस्याग्रस्त पाँच सहकारीका बचतकर्तालाई ३० दिनभित्र अनलाइन दाबी पेश गर्न आग्रह

IME LIFE
  • BFIS News
  • 2026 Jun 18 15:38
समस्याग्रस्त पाँच सहकारीका बचतकर्तालाई ३० दिनभित्र अनलाइन दाबी पेश गर्न आग्रह
United Ajod

काठमाडौं । बागमती प्रदेश सरकारअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका पाँच वटा सहकारी संस्थाका बचतकर्ता, सदस्य तथा साहुहरूलाई आफूले पाउनुपर्ने रकमको दाबी अनलाइनमार्फत पेश गर्न आग्रह गरेको छ ।

 

Nepal Life
NIMB

समितिले असार ३ गते सूचना जारी गर्दै बागमती प्रदेश सहकारी ऐन, २०७६ अनुसार समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रियाका लागि दाबी माग गरेको जनाएको छ ।

समितिका अनुसार सम्बन्धित बचतकर्ता, सदस्य तथा साहुले अबको ३० दिनभित्र समितिको वेबसाइटमार्फत अनलाइन निवेदन दर्ता गर्नुपर्नेछ । तोकिएको समयभित्र दाबी पेश गर्न सबै सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।

समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थामा सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।

समितिले यी सहकारीसँग सम्बन्धित सबै बचतकर्ता तथा दाबीकर्तालाई तोकिएको समयसीमाभित्र अनलाइन माध्यमबाट दाबी पेश गरी प्रक्रियामा सहभागी हुन अनुरोध गरेको छ ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया