NIMB Header 2
Nepal Life

ललितपुरको कुमारीपाटीमा ट्रायम्फ र केटीएमको संयुक्त ‘३एस’ शोरूम सञ्चालनमा

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 29 11:23
ललितपुरको कुमारीपाटीमा ट्रायम्फ र केटीएमको संयुक्त ‘३एस’ शोरूम सञ्चालनमा
IME LIFE

काठमाडौं । ट्रायम्फ र केटीएम मोटरसाइकलका लागि ललितपुरको कुमारीपाटीमा नयाँ मल्टि–ब्रान्ड शोरूम सञ्चालनमा आएको छ।

Nepal Life
NIMB

नयाँ शोरूममार्फत बिक्री, मर्मत तथा स्पेयर पार्ट्स (३एस) सम्बन्धी सेवा एउटै स्थानबाट उपलब्ध गराइने जनाइएको छ।

नयाँ शोरूम सञ्चालनसँगै ट्रायम्फको नेपालभरका शोरूमको संख्या सात पुगेको छ। शोरूमको उद्घाटन गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र ललितपुर ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिलजंग शाहले संयुक्त रूपमा गरेका हुन्।

शोरूम सञ्चालनको जिम्मेवारी बाइकर्स डिपोलाई दिइएको छ, जुन ट्रायम्फ र केटीएमको ललितपुरका लागि आधिकारिक शोरूम साझेदार हो।

कार्यक्रममा बाइकर्स डिपोका सञ्चालक सतीश श्रेष्ठले ललितपुरका ग्राहकलाई बिक्री, सर्भिस तथा जेन्युइन स्पेयर पार्ट्सको सुविधा एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले नयाँ शोरूम सञ्चालनमा ल्याइएको बताए।

त्यसैगरी, ट्रायम्फ नेपालका प्रबन्धक सागर थापाले नयाँ शोरूममार्फत ललितपुरसहित आसपासका क्षेत्रमा ट्रायम्फका सेवा विस्तार हुने विश्वास व्यक्त गरे। मोटरसाइकल प्रयोगकर्ताको सुविधालाई ध्यानमा राख्दै गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए।

कम्पनीका अनुसार नयाँ शोरूममा ट्रायम्फ र केटीएमका मोटरसाइकल, जेन्युइन स्पेयर पार्ट्स तथा मर्मतसम्भार सम्बन्धी सेवा उपलब्ध हुनेछ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया