NIMB Header 2
Nepal Life

स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी, अस्पतालमा बीमा सेवा पुनः सुचारु

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 03 13:42
स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी, अस्पतालमा बीमा सेवा पुनः सुचारु
IME LIFE

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ। शुक्रबार जारी गरिएको सूचनाअनुसार उक्त रकम भुक्तानी भएसँगै अस्पतालहरूले स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्न थालेका छन्।

 

Nepal Life
NIMB

बोर्डका अनुसार यस भुक्तानीसँगै २०८२ साल मङ्सिर मसान्तसम्म स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी बक्यौता फरफारक भएको छ।

बोर्डले सीमित स्रोत–साधन र संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बीमा कार्यक्रममार्फत नागरिकको उपचार खर्च न्यूनीकरण तथा वित्तीय जोखिमबाट संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ। यद्यपि, दिगो वित्तीय स्रोत तथा संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमै गर्न नसकिएको र त्यसबाट सेवा प्रदायक तथा बीमित सेवाग्राही दुवैलाई असहज अवस्था सिर्जना भएको विषयप्रति बोर्ड जानकार रहेको विज्ञप्तिमा उल्लेख छ।

मङ्सिरपछिको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ।

बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बीमित सेवाग्राहीको उपचारमा कुनै अवरोध सिर्जना नगरी निर्धारित मापदण्डअनुसार निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ। साथै, बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार रूपमा सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन अपिल गरेको छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया