NIMB Header 2
Nepal Life

ग्रे लिस्टबाट बाहिरिन सरकार प्रतिबद्ध, एफएटिएका सबै सुझाव कार्यान्वयन गरिने : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 04 17:22
ग्रे लिस्टबाट बाहिरिन सरकार प्रतिबद्ध, एफएटिएका सबै सुझाव कार्यान्वयन गरिने : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
IME LIFE

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार पूर्ण प्रतिबद्धताका साथ काम गरिरहेको बताएका छन्। यसका लागि सबै राजनीतिक दल, सांसद तथा सरोकारवाला निकायको साझा सहयोग अपरिहार्य रहेको उनले स्पष्ट पारे।

Nepal Life
NIMB

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्लेले एफएटिएफले औँल्याएका सबै विषयलाई स्पष्ट कार्यतालिकासहित प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी दिए।

उनले एफएटिएफका सुझाव समयमै कार्यान्वयन गर्न नसके नेपाल ‘ग्रे लिस्ट’बाट ‘कालो सूची’मा पर्न सक्ने जोखिम रहेको उल्लेख गर्दै त्यसको गम्भीरतालाई बुझेर विधेयकलाई शीघ्र अघि बढाउन सबैको सहयोग आवश्यक रहेको बताए।

अर्थमन्त्री डा. वाग्लेका अनुसार वर्तमान सरकार गठन भएदेखि नै एफएटिएफले दिएका सुझावहरूको पूर्ण कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिएको छ। नेपाल २०८१ साल फागुनदेखि एफएटिएफको ‘ग्रे लिस्ट’मा रहेको छ।

उनले प्रस्तुत गरेको उक्त प्रस्ताव राष्ट्रियसभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै राष्ट्रियसभा सदस्यहरूले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्थालाई अझ स्पष्ट, प्रभावकारी र व्यवहारिक बनाउन आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले विधेयकलाई सम्बन्धित समितिमा पठाई विस्तृत छलफलपछि साझा सहमतिका आधारमा परिमार्जन गर्दै अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

छलफलमा सांसद सुरेश आलेमगर, रामकुमारी झाँक्री, विष्णुकुमारी सापकोटा, रोशनी मेचे र सोमनाथ पोर्तेलले विधेयकका विभिन्न व्यवस्थालाई थप परिष्कृत र समृद्ध बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए। 

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया