NIMB Header 2
Nepal Life

पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने उपस्थितिको सूचना

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 07 10:21
पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने उपस्थितिको सूचना
IME LIFE

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको सिलसिलामा नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।

Nepal Life
NIMB

सोमबार प्रकाशित सूचनाअनुसार विभागले अनुसन्धानका क्रममा केही विषयमा आवश्यक सोधपुछ गर्नुपर्ने भएकाले जयवीर सिंह देउवालाई तोकिएको समयभित्र उपस्थित हुन निर्देशन दिएको हो।

विभागले सूचना सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम जारी गरिएको जनाएको छ। अनुसन्धानसँग सम्बन्धित विषयमा आवश्यक बयान तथा जानकारी लिन उपस्थित हुन भनिएको सूचनामा उल्लेख छ।

विभागले निर्धारित सात दिनभित्र उपस्थित नभए प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया