NIMB Header 2
Nepal Life

५० मेगावाटको मर्स्याङ्दी बेसीको २५ प्रतिशत निर्माण सम्पन्न, छिट्टै आईपीओ निष्कासन गर्ने तयारी

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 10 10:59
५० मेगावाटको मर्स्याङ्दी बेसीको २५ प्रतिशत निर्माण सम्पन्न, छिट्टै आईपीओ निष्कासन गर्ने तयारी
IME LIFE

काठमाडौं । एपीआई पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाको निर्माण कार्य करिब २५ प्रतिशत सम्पन्न भएको छ। आयोजनाको सिभिल, हाइड्रो–मेकानिकल तथा इलेक्ट्रो–मेकानिकलतर्फका काम एकसाथ अघि बढिरहेको कम्पनीले जनाएको छ।

Nepal Life
NIMB

गण्डकी प्रदेशको लमजुङ जिल्लास्थित बेँसीशहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन उक्त आयोजनामा इन्टेक, डिस्यान्डर तथा पावरहाउस निर्माणको काम तीव्र गतिमा भइरहेको छ। साथै, हाइड्रो–मेकानिकल उपकरणको उत्पादन हेटौंडामा सुरु भइसकेको छ भने इलेक्ट्रो–मेकानिकल उपकरण युरोप र भारतमा निर्माण भइरहेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार आयोजनाको अनुमानित कुल लागत ११ अर्ब ३० करोड रुपैयाँ रहेको छ। आयोजना निर्माणका लागि बैंक तथा वित्तीय संस्थामार्फत ७ अर्ब ५० करोड रुपैयाँको सहवित्तीयकरण (सिन्डिकेट) ऋण सुनिश्चित गरिएको छ।

आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) अनुसार १३२ केभी उदीपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

यसैबीच, कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि निकट भविष्यमै प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी पनि अघि बढाएको जनाएको छ।

मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना सम्पन्न भएपछि राष्ट्रिय विद्युत् उत्पादनमा थप योगदान पुग्नुका साथै ऊर्जा आपूर्ति सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया