सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
- BFIS News
- 2026 Jul 10 11:09
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा मध्यम वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ पुगेको छ।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला २ हजार ७ सय रुपैयाँले नै वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको तेजाबी सुन आज प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदी आज १ सय ७० रुपैयाँले बढेर प्रतितोला ४ हजार ५ सय १० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत देखिएको व्यवसायीहरू बताउँछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया