NIMB Header 2
Nepal Life

महालक्ष्मी विकास बैंकद्वारा ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालन

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 10 17:02
महालक्ष्मी विकास बैंकद्वारा ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालन
IME LIFE

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउन्जसहितको अत्याधुनिक डिजिटल हब औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

 

Nepal Life
NIMB

आज आयोजित एक कार्यक्रमबीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले डिजिटल हबको उद्घाटन गरेका हुन्। कार्यक्रममा सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत (सीईओ), उच्च व्यवस्थापनका पदाधिकारी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

बैंकले डिजिटल बैंकिङ सेवालाई आधुनिक, सुरक्षित, प्रविधिमैत्री तथा ग्राहकमैत्री बनाउने रणनीतिअनुसार नयाँ अवधारणासहित कफी लाउन्जको सुविधा थप गरेको जनाएको छ।

डिजिटल हबमार्फत ग्राहकले आरामदायी वातावरणमा बसेर नगद जम्मा गर्ने, नगद झिक्ने, चेक क्लियरिङ गर्ने तथा विभिन्न विद्युतीय बैंकिङ कारोबार सहज रूपमा गर्न सक्नेछन्। साथै, ग्राहकले डिजिटल बैंकिङ सेवाको फरक अनुभव प्राप्त गर्ने बैंकको विश्वास छ।

युवापुस्तालाई डिजिटल प्रविधिप्रति आकर्षित गर्ने तथा ग्राहकसम्म डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको यस डिजिटल हबमार्फत डिजिटल बैंकिङसम्बन्धी परामर्श सेवा पनि उपलब्ध गराइने बैंकले जनाएको छ।

बैंकका अनुसार कफी लाउन्जसहितको डिजिटल हब ग्राहकका लागि डिजिटल बैंकिङ सिकाइ, अनुभव र सेवाको एकीकृत केन्द्र बन्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया