राहदानी विभाग अगाडि आत्मदाह प्रयास घटना : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा छानबिन समिति गठन
- आयुस बस्नेत
- 2026 Jul 10 17:04
काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको घटनाबारे छानबिन गर्न सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा गृहमन्त्री सुधन गुरुङले घटनाबारे जानकारी दिँदै छानबिन समितिको गठन गरिएको बताएका हुन्। उनका अनुसार घटनासम्बन्धी अनुसन्धानका लागि काठमाडौं महानगर प्रहरीका तीन जना प्रहरी कर्मचारीलाई समेत नियन्त्रणमा लिइएको छ।
संसद्मा धारणा राख्ने क्रममा गृहमन्त्री गुरुङ केहीबेर भावुक बनेका थिए। उनले केही क्षण मौन रहेपछि घटनाप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै आवश्यक अनुसन्धान अघि बढाइएको बताए।
गृहमन्त्री गुरुङले जनताको सेवा केवल भाषण र नाराले मात्र सम्भव नहुने भन्दै व्यवहारमा परिणाम देखिनुपर्ने धारणा व्यक्त गरे। उनले सरकार जनताको सेवाप्रति प्रतिबद्ध रहेको र घटनापछि आवश्यक कदमबारे सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिए।
घटनापछि आफू र आफ्नो टोलीले आवश्यक कार्ययोजनाबारे निरन्तर छलफल गरिरहेको उल्लेख गर्दै उनले घटनाको आलोचना गर्ने सांसदहरूप्रति पनि प्रश्न उठाए। अस्पतालमा घाइतेको अवस्था बुझ्न कति जना सांसद पुगेका थिए भन्ने विषयमा समेत उनले सदनको ध्यानाकर्षण गराएका थिए।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया