राष्ट्र बैंकले अन्तर्राष्ट्रिय हवाई टिकट सेवाका लागि ११ ट्राभल एजेन्सी सूचीकृत गर्यो
- BFIS News
- 2026 Jul 12 16:38
काठमाडौं, असार २८ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि अन्तर्राष्ट्रिय हवाई टिकट तथा ट्राभल एजेन्सी सेवा उपलब्ध गराउन ११ वटा ट्राभल एजेन्सी सूचीकृत गरेको छ।
राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले सूचना जारी गर्दै रीतपूर्वक आवेदन दिएका कम्पनीहरूमध्ये आवश्यक योग्यता पूरा गरेका एजेन्सीहरू छनोट गरिएको जनाएको हो।
सूचीकृत कम्पनीहरूलाई सूचना प्रकाशित भएको मिति असार २५ गतेदेखि सात कार्यदिनभित्र राष्ट्र बैंकको खरिद एकाइमा आवश्यक सम्झौताका लागि उपस्थित हुन आग्रह गरिएको छ।
सूचीकृत हुने कम्पनीमा एभरेष्ट मिराकल ट्राभल्स एण्ड टुर्स प्रालि., सी लिंक ट्राभल्स एण्ड टुर्स प्रालि., डिजायर नेपाल ट्रेक्स ट्राभल्स एण्ड टुर्स, आईएमई ट्राभल्स प्रालि., बोन ट्राभल एण्ड टुर्स प्रालि., सुरुची ट्राभल्स एण्ड टुर्स, अर्बिट इन्टरनेशनल ट्राभल्स प्रालि., मुन सन ट्राभल्स एण्ड टुर्स, अउरो ट्राभल एण्ड टुर्स प्रालि., स्मार्ट ट्राभल सर्भिसेस प्रालि. तथा प्रिसियस ट्राभल्स एण्ड टुर्स प्रालि. रहेका छन्।
राष्ट्र बैंकले छनोटका लागि अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (IATA) को सदस्यता, कम्तीमा पाँच वर्षको कार्य अनुभव तथा पछिल्ला तीन आर्थिक वर्षको औसत वार्षिक कारोबार पाँच करोड रुपैयाँभन्दा बढी हुनुपर्ने मापदण्ड तोकेको थियो।
बैंकका अनुसार छनोट भएका कम्पनीहरूले राष्ट्र बैंकको धरौटी खातामा पाँच लाख रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ। सम्झौता सम्पन्न भएपछि यी कम्पनीहरूले आगामी आर्थिक वर्षभर राष्ट्र बैंकका कर्मचारी तथा पदाधिकारीहरूको वैदेशिक भ्रमणका लागि आवश्यक अन्तर्राष्ट्रिय हवाई टिकट सेवा उपलब्ध गराउनेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया