कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई पानी ट्याङ्की र वाटर प्युरिफायर हस्तान्तरण
- BFIS News
- 2026 Jul 12 16:54
काठमाडौं, असार २८ कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, धोदेखालीस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ।
बैंकका पश्चिम क्षेत्र प्रमुख महेन्द्र खनालले वीरेन्द्रनगर–१ का वडा अध्यक्ष दिनेश खत्रीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
विद्यालयमा डिप बोरिङ प्रणालीमार्फत खानेपानीको व्यवस्था भए पनि पानी शुद्धीकरण गर्ने सुविधा नभएकाले विद्यार्थी तथा शिक्षकले स्वच्छ खानेपानी उपभोग गर्न कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले सहयोग गरेको जनाएको छ।
कार्यक्रममा वडा अध्यक्ष दिनेश खत्रीले विद्यालयको आवश्यकता पहिचान गरी सहयोग उपलब्ध गराएकोमा बैंकप्रति आभार व्यक्त गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरभक्त सुनारले बैंकको सहयोगबाट विद्यार्थी तथा शिक्षकले स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी प्रयोग गर्न पाउने विश्वास व्यक्त गरे।
बैंकका पश्चिम क्षेत्र प्रमुख महेन्द्र खनालले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायको आवश्यकता पहिचान गरी यस्ता सहयोगात्मक कार्यक्रममार्फत समुन्नत समाज निर्माणमा योगदान पुर्याउन पाएकोमा खुशी व्यक्त गरे।
कार्यक्रममा बैंकका कर्मचारी, वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया