संसद् हलभित्र शेयर कारोबारमा रोक, सांसदलाई ड्रेसकोड पालना गर्न सभामुखको निर्देशन
- BFIS News
- 2026 Aug 07 14:54
काठमाडौं । प्रतिनिधिसभा बैठक चलिरहेका बेला सांसदहरूले संसद् हलभित्र मोबाइल वा ल्यापटप प्रयोग गरी शेयर कारोबारलगायत बैठकको मर्यादाविपरीतका गतिविधि गर्न नपाउने भएका छन्।
संसद्को गरिमा र अनुशासन कायम राख्ने विषयमा बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई यस्तो निर्देशन दिएका हुन्।
सभामुख अर्यालले बैठक अवधिमा मोबाइल तथा ल्यापटपमार्फत शेयर कारोबार नगर्न र संसद् बैठकको उद्देश्यसँग मेल नखाने अन्य गतिविधिबाट समेत टाढा रहन सांसदहरूलाई सचेत गराएका छन्।
त्यसैगरी, उनले संसद् बैठकमा सहभागी हुँदा निर्धारित पोशाक अनिवार्य रूपमा लगाउन तथा आधिकारिक लोगो प्रयोग गर्न निर्देशन दिएका छन्। चिकित्सकको सिफारिसबिना कुनै पनि प्रकारको कालो चस्मा प्रयोग नगर्नसमेत उनले सांसदहरूलाई भनेका छन्।
पछिल्लो समय केही सांसदको पोशाक तथा चस्मा प्रयोगलाई लिएर संसद्भित्रै प्रश्न उठेपछि बैठकको मर्यादा कायम राख्न सभामुखले ड्रेसकोड र अनुशासनमा जोड दिएका हुन्।
सभामुखको सचिवालयका अनुसार बैठकमा सांसदहरूको आचरण, संसद्को गरिमा तथा बैठक सञ्चालनलाई थप व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो। सभामुख अर्यालले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूलाई आफ्ना सांसदबाट निर्धारित पोशाक तथा संसदीय अनुशासनको पालना सुनिश्चित गर्न आग्रह गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)








.jpeg)


प्रतिक्रिया