मर्मतपछि ईङवा हाइड्रोपावरको एक युनिटबाट विद्युत उत्पादन पुनः सुरु
- BFIS News
- 2026 Aug 07 16:53
काठमाडौं, साउन २२ ईङवा हाइड्रोपावर लिमिटेडले मर्मतसम्भार सम्पन्न गरेपछि ९.७ मेगावाट क्षमताको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको एक युनिटबाट पुनः विद्युत उत्पादन सुरु गरेको छ।
पाँचथर र ताप्लेजुङ हुँदै बग्ने ईङवा खोलामा सञ्चालित आयोजनामा गत जेठ ९ गते आएको बाढी र पहिरोका कारण इन्टेक, पाइपलाइन, पावरहाउस, ट्रान्समिसन लाइनलगायतका संरचनामा ठूलो क्षति पुगेपछि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको थियो।
कम्पनीका अनुसार मर्मतसम्भार सम्पन्न भएपछि साउन २१ गते साँझ ७ : १७ बजेदेखि दुई युनिटमध्ये युनिट–१ सञ्चालनमा आएको छ र त्यसबाट विद्युत उत्पादन पुनः सुरु भएको हो।
बाँकी युनिटको मर्मतसम्भार सम्पन्न गरी सञ्चालनमा ल्याउने काम पनि जारी रहेको कम्पनीले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)








.jpeg)
.jpg)

प्रतिक्रिया