नेप्सेको सीईओ पदका लागि ८ जनाको आवेदन, कार्ययोजना मूल्याङ्कनपछि सर्टलिस्ट बनाइने
- BFIS News
- 2026 Aug 12 13:11
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ८ जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालयका अनुसार आवेदन दिने अन्तिम समय साउन २६ गतेसम्म ८ वटा आवेदन दर्ता भएका हुन्।
अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले सीईओ पदका लागि ८ जनाको आवेदन परेको जानकारी दिए। अब सीईओ छनोटका लागि गठित सिफारिस समितिले आवेदकहरूले पेश गरेको व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) को मूल्याङ्कन प्रक्रिया अघि बढाउनेछ।
प्रवक्ता लम्सालका अनुसार विज्ञहरूमार्फत आवेदकहरूको कार्ययोजनाको मूल्याङ्कन गरिनेछ। मूल्याङ्कनपछि उत्कृष्ट उम्मेदवारहरूको सर्टलिस्ट तयार पारिनेछ। सर्टलिस्टमा परेका उम्मेदवारले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुका साथै अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ।
कार्ययोजना मूल्याङ्कन, प्रस्तुतीकरण र अन्तर्वार्तालगायतका प्रक्रिया पूरा गरेपछि नयाँ सीईओ नियुक्तिका लागि सिफारिस गरिनेछ। उक्त प्रक्रिया सम्पन्न भएपछि नेप्सेले नयाँ नेतृत्व पाउने अर्थ मन्त्रालयले जनाएको छ।
यसअघि सीईओ पदका लागि सिफारिस समितिले साउन १२ गतेदेखि २६ गतेसम्म आवेदन खुला गरेको थियो। सीईओ पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन वा सूचना प्रविधि विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको वा चार्टर्ड एकाउन्टेन्ट (सीए) योग्यता हासिल गरेको हुनुपर्ने व्यवस्था गरिएको थियो।
त्यस्तै, उम्मेदवारसँग पूँजी बजार वा वित्तीय क्षेत्रमा कम्तीमा १५ वर्षको कार्यअनुभव हुनुपर्ने र त्यसमध्ये कम्तीमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवलाई अनिवार्य मापदण्ड बनाइएको छ।
अब छनोट समितिले तोकिएको मापदण्डअनुसार आवेदनहरूको अध्ययन तथा कार्ययोजना मूल्याङ्कन गर्दै नेप्सेको नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)






.jpeg)
.jpg)




प्रतिक्रिया