NIMB Header 2
Nepal Life

भदौको करदाता प्रोत्साहन पुरस्कार असोज १ गते घोषणा हुने

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 13 08:01
भदौको करदाता प्रोत्साहन पुरस्कार असोज १ गते घोषणा हुने
United Ajod

काठमाडौँ। भदौ महिनाका लागि स्थगित गरिएको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पुरस्कार असोज १ गते घोषणा हुने भएको छ। भोटेकोशीमा आएको बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको पुरस्कार घोषणा कार्यक्रम स्थगित गरिएको थियो।

Nepal Life
NIMB

करदातालाई वस्तु तथा सेवा खरिद गर्दा बिल लिन प्रोत्साहित गर्ने र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउने उद्देश्यले सरकारले नयाँ आर्थिक वर्षको बजेटमार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो। कार्यक्रम साउन १ गतेदेखि कार्यान्वयनमा आएको हो।

आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार असोज १ गते भदौ महिनाभरका कारोबारलाई समेटेर पुरस्कार घोषणा गर्ने तयारी भइरहेको छ।

कार्यक्रमअन्तर्गत भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता भएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्ये दैनिक एक जनाका दरले १५ जना विजेता छनोट हुनेछन्। उनीहरूले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन्।

सोही अवधिका उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँको करदाता बम्पर प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।

त्यस्तै, भदौ १६ देखि ३१ गतेसम्मको कारोबारबाट थप १६ जना दैनिक विजेता छनोट हुनेछन्। उनीहरूले पनि जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस अवधिका सहभागीमध्येबाट थप एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरिने विभागले जनाएको छ।

यसरी असोज १ गते भदौ महिनाका लागि १ लाख ३३ हजार ३३४ रुपैयाँका ३१ जना विजेता र १०–१० लाख रुपैयाँका दुई जना बम्पर विजेता गरी कुल ३३ जनाको पुरस्कार घोषणा हुनेछ।

पुरस्कारमा सहभागी हुन उपभोक्ताले १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ। कारोबार गर्दा अनलाइन भुक्तानीलाई प्राथमिकता दिन विभागले आग्रह गरेको छ। अनलाइनबाट भएको कारोबार स्वतः करदाता प्रोत्साहन प्रणालीमा समावेश हुने व्यवस्था छ।

नगदमा कारोबार गरी सक्कली बिल लिने उपभोक्ताले भने आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा बिल अपलोड गरेर उपहार कुपन लिनुपर्नेछ।

भदौ १ देखि १५ गतेसम्म बिल लिएका उपभोक्ताले सोही अवधिभित्र, अर्थात् भदौ १५ गतेसम्म बिल प्रणालीमा दर्ता गरी उपहार कुपन प्राप्त गरिसकेको हुनुपर्नेछ। भदौ १६ देखि ३१ गतेसम्मको कारोबारका लागि भने भदौ मसान्तको राति १२ बजेसम्म बिल दर्ता गरी कुपन लिनुपर्ने व्यवस्था छ।

पुरस्कार रकममा २५ प्रतिशत कर कट्टी हुनेछ। त्यसपछि १ लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कारका विजेताले १ लाख रुपैयाँ र १० लाख रुपैयाँको बम्पर पुरस्कारका विजेताले ७ लाख ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।

साउन महिनामा पनि ३३ जना उपभोक्ता करदाता प्रोत्साहन पुरस्कारका लागि छनोट भएका थिए। उनीहरूको विजेता छनोट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया