अरुण भ्याली हाईड्रोपावरको साधारण सभा असोज २७ गते, ५ प्रतिशत बोनस शेयर प्रस्ताव
- BFIS News
- 2026 Sep 14 09:40
काठमाडौं। अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले आफ्नो २९औं वार्षिक साधारण सभा आगामी असोज २७ गते आयोजना गर्ने भएको छ। सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो।
साधारणसभा यहि असोज २७ गते मंगलबार बिहान १० बजे काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतीमा हुनेछ। सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणसहित विभिन्न प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ।
साधारण सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव राखिएको छ। त्यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुनेछ।
त्यसैगरी, कम्पनीले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त नगद लाभांश कर प्रयोजनका लागि वितरण गरिनेछ। कम्पनीमा लगानी रहेका सहायक कम्पनीहरूले निर्माण गर्ने आयोजनाका लागि कर्पोरेट ग्यारेन्टी प्रदान गर्ने प्रस्ताव पनि साधारण सभामा छलफल हुनेछ।
५ प्रतिशत बोनस शेयर प्रस्ताव
कम्पनीले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ५ प्रतिशत बराबर बोनस शेयर वितरण गर्ने प्रस्ताव विशेष प्रस्तावका रूपमा अघि सारेको छ।
बोनस शेयर जारी गर्दा शेयरको खण्डीकरण भएमा सम्बन्धित शेयरधनीको नाममा त्यस्तो खण्डित शेयर जगेडा राख्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ। बोनस शेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीका आवश्यक दफा संशोधन गर्ने प्रस्तावसमेत राखिएको छ।
त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधनका क्रममा कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति लिँदा आवश्यक थपघट वा परिमार्जन गर्नुपर्ने भएमा त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि विशेष प्रस्तावमा समेटिएको छ।
असोज १३ गते शेयरधनी दर्ता किताब बन्द
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १३ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। त्यसअघि असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई निर्धारित अवधिभित्र शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमा शेयर नामसारीको लिखत प्राप्त भएका शेयरधनीहरू सभामा सहभागी हुन तथा आर्थिक वर्ष २०८२/८३ को बोनस र नगद लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
सभामा सहभागी हुने शेयरधनीले फोटोसहितको परिचय खुल्ने प्रमाणपत्र, डिम्याट खाता विवरण वा शेयर प्रमाणपत्रमध्ये आवश्यक प्रमाण पेश गर्नुपर्नेछ। शेयरधनी उपस्थिति पुस्तिका भने बिहान ९ बजेदेखि खुला गरिने कम्पनीले जनाएको छ।
सभामा सहभागी हुन प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीले प्रचलित कम्पनी कानूनले तोकेको ढाँचा वा वार्षिक प्रतिवेदन पुस्तिकामा उपलब्ध प्रतिनिधिपत्र अर्थात् प्रोक्सी प्रयोग गर्नुपर्नेछ।
संयुक्त नाममा शेयर दर्ता भएको अवस्थामा सर्वसम्मतबाट चयन गरिएको एक जना वा शेयरधनी दर्ता किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ। संगठित संस्था वा कम्पनीको नाममा शेयर रहेको अवस्थामा सम्बन्धित संस्थाले मनोनयन गरेको प्रतिनिधिले शेयरधनीको हैसियतमा सभामा भाग लिन सक्नेछ।
कम्पनीका अनुसार साधारण सभामा विविध शीर्षकअन्तर्गत कुनै विषय छलफलका लागि पेश गर्न चाहने शेयरधनीले सभा हुनुभन्दा कम्तीमा ७ कार्य दिनअघि कम्पनी सचिवमार्फत सञ्चालक समितिका अध्यक्षसमक्ष लिखित प्रस्ताव पेश गर्नुपर्नेछ। त्यस्तो प्रस्ताव सभामा छलफल वा बहसमा समावेश गर्ने वा नगर्ने अधिकार भने सञ्चालक समितिका अध्यक्षमा रहनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया