शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १६ प्रतिशत लाभांश घोषणा, ६ प्रतिशत बोनस ११ प्रतिशत नगद
- BFIS News
- 2026 Sep 14 11:01
काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको ३३८औँ बैठकले चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
हाल बैंकको चुक्ता पुँजी ५ अर्ब २ करोड रुपैयाँ रहेको छ। प्रस्तावित ६ प्रतिशत बोनस सेयरको मूल्य करिब ३० करोड १३ लाख रुपैयाँ तथा १० प्रतिशत नगद लाभांशको रकम करिब ५० करोड २१ लाख रुपैयाँ बराबर हुनेछ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै वितरण हुनेछ।
बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०८०/८१ मा ३ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी ८ प्रतिशत लाभांश वितरण गरेको थियो।
त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा १०.५ प्रतिशत बोनस र ०.५५ प्रतिशत नगद गरी ११.०५ प्रतिशत, २०७८/७९ मा १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद गरी १४ प्रतिशत तथा २०७७/७८ मा १०.९३ प्रतिशत बोनस र ०.५७ प्रतिशत नगद गरी ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो।
बैंकको प्रस्तावित लाभांश पछिल्ला वर्षको तुलनामा उच्च हो। आर्थिक वर्ष २०७५/७६ मा बैंकले १५ प्रतिशत बोनस लाभांश दिएको थियो भने २०७४/७५ मा १७.७ प्रतिशत बोनस र ०.९३ प्रतिशत नगद गरी १८.६३ प्रतिशत लाभांश वितरण गरेको थियो। यसअघि २०७३/७४ मा २५ प्रतिशत र २०७२/७३ मा २७ प्रतिशत लाभांश वितरण गरेको बैंकको तथ्यांक छ।
यस्तै, आर्थिक वर्ष २०७१/७२ मा २७ प्रतिशत बोनस र १.४२ प्रतिशत नगद गरी २८.४२ प्रतिशत तथा २०७०/७१ मा १० प्रतिशत बोनस र १२ प्रतिशत नगद गरी २२ प्रतिशत लाभांश वितरण गरिएको थियो।
प्रस्ताव सार्वजनिक हुँदाको समयमा बैंकको सेयरको अन्तिम कारोबार मूल्य (एलटीपी) प्रतिकित्ता ४२२ रुपैयाँ रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया