नेप्से २५ अंकभन्दा बढीले बढ्यो, कारोबार रकम पनि उकालो
- BFIS News
- 2026 Sep 14 15:27
काठमाडौँ। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.५५ अंकले बढेर २ हजार ५८५.०४ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन गत शुक्रबार बढेर बन्द भएको बजारले सोमबार पनि सोही लयलाई निरन्तरता दिएको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ४.३४ अंकले बढेको छ। त्यस्तै, फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ अंकले उकालो लागेको छ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। गत शुक्रबार ४ अर्ब ३६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा सोमबार ३३६ स्टकको ४९ हजार ७४ पटकको कारोबारमा १ करोड १५ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन कुल कारोबार रकम ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार रुपैयाँ पुगेको छ।
सोमबार इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.४३ प्रतिशत बढेको छ। त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य करिब साढे ६ प्रतिशत तथा सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। यसको विपरीत, उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.२३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको २४ करोड ९० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, लिबर्टी इनर्जीको करिब २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सानिमा मिडिल तमोर हाइड्रोपावरको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ।
उपसमूहतर्फ पनि बजारमा सकारात्मक प्रभाव देखिएको छ। १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशत बढेको छ।
त्यस्तै, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेका छन्। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सामान्य अंकले घटेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया