NIMB Header 2
Prabhu Mahalaxmi

नेशनल लाइफ र नेपाल बैंकबीच जीवन बीमा सम्झौता, बैंकमा कार्यरत कर्मचारीहरूले बीमाको सुविधा पाउने

United Ajod
  • BFIS News
  • 2026 Sep 16 22:40
नेशनल लाइफ र नेपाल बैंकबीच जीवन बीमा सम्झौता, बैंकमा कार्यरत कर्मचारीहरूले बीमाको सुविधा पाउने
IME LIFE

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बैंक लिमिटेड बीच बैंकमा कार्यरत कर्मचारीहरूको जीवन बीमा सम्बन्धी सम्झौता भएको छ।

Nepal Life
NIMB

सम्झौतापत्रमा नेशनल लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत स्मृती राज कंडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई जीवन सुरक्षा लक्षित बीमा सुविधा उपलब्ध गराइनेछ। यसबाट कर्मचारीहरूको जीवन तथा आर्थिक सुरक्षालाई थप सुदृढ बनाउने तथा सम्भावित जोखिम व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्झौता कार्यक्रममा दुवै संस्थाका सम्बन्धित पदाधिकारी तथा अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी पदाधिकारीहरूले कर्मचारीहरूको सुरक्षा, कल्याण तथा दीर्घकालीन हितका लागि जीवन बीमाको महत्व रहेको उल्लेख गर्दै दुई संस्थाबीचको सहकार्यले संस्थागत सम्बन्धलाई थप मजबुत बनाउने धारणा राखेका थिए।

नेशनल लाइफ इन्स्योरेन्सले ग्राहक तथा संस्थागत साझेदारहरूको आवश्यकता र हितलाई प्राथमिकतामा राख्दै विभिन्न जीवन बीमा तथा जोखिम व्यवस्थापनसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया