सिद्धार्थ बैंकद्वारा एनपीएललाई लक्षित गर्दै आकर्षक योजना सार्वजनिक
- BFIS News
- 2026 Sep 16 22:49
काठमाडौं, भदौ ३१। नेपाल प्रिमियर लिग (एनपीएल) को टाइटल स्पोन्सरका रूपमा आबद्ध सिद्धार्थ बैंक लिमिटेडले नयाँ ग्राहकलाई लक्षित गर्दै ‘सिद्धार्थ एनपीएल क्रेडिट कार्ड’ र ‘सिद्धार्थ एनपीएल बचत खाता’ सार्वजनिक गरेको छ।
बैंकले एनपीएलसँग जोडिएका ग्राहक अनुभव तथा बैंकिङ सुविधालाई लक्षित गर्दै यी योजना ल्याएको हो। योजनाअन्तर्गत क्रेडिट कार्ड तथा बचत खातामार्फत विभिन्न छुट, रिवार्ड पोइन्ट तथा एनपीएलसम्बन्धी अनुभव प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
सिद्धार्थ एनपीएल क्रेडिट कार्ड
सिद्धार्थ एनपीएल क्रेडिट कार्डअन्तर्गत आश्विन १ देखि मंसिर २९, २०८३ सम्म आवेदन दिने ग्राहकले आजीवन निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन्।
योजनाअनुसार कार्ड जारी गर्दाकै समयमा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट हुनेछ। दोस्रो वर्षदेखि भने अघिल्लो वर्षमा कम्तीमा तीनवटा क्रेडिट कार्ड कारोबार पूरा गरेका ग्राहकको वार्षिक शुल्क फिर्ता गरिनेछ।
वार्षिक शुल्क फिर्ताको योग्यता प्रत्येक वर्ष छुट्टाछुट्टै मूल्यांकन गरिने बैंकले जनाएको छ। कुनै वर्ष न्यूनतम कारोबार संख्या पूरा नभएमा सो वर्ष शुल्क फिर्ताको सुविधा लागू हुने छैन। तर, अर्को वर्ष आवश्यक न्यूनतम कारोबार पूरा गरेमा ग्राहक पुनः उक्त सुविधाका लागि योग्य हुनेछन्।
सिद्धार्थ एनपीएल बचत खातामा रिवार्डदेखि एनपीएल अनुभवसम्म
सिद्धार्थ एनपीएल बचत खाता खोल्ने ग्राहकले विशेष एनपीएल थिममा डिजाइन गरिएको डेबिट कार्ड प्राप्त गर्नेछन्। साथै, खाता खोल्ने ग्राहकलाई प्रारम्भिक सुविधाका रूपमा ५०० सिद्धार्थ रिवार्ड पोइन्ट उपलब्ध गराइनेछ।
सिद्धार्थ एनपीएल डेबिट कार्ड र सिद्धार्थ BankSmart XP दुवैको सदस्यता लिने ग्राहकले प्रारम्भिक सदस्यता लिँदा एकमुष्ट ५०० रुपैयाँ वार्षिक शुल्क तिरेर बन्डल प्याकेजमार्फत सेवा लिन सक्नेछन्।
यसैगरी, असोज १ देखि कार्तिक ३०, २०८३ सम्म सञ्चालन हुने अभियानमा सिद्धार्थ एनपीएल बचत खातावालाले विभिन्न एनपीएलसम्बन्धी अनुभव तथा सुविधा प्राप्त गर्ने अवसर पाउनेछन्।
अभियान अवधिमा सबैभन्दा धेरै रिवार्ड पोइन्ट प्राप्त गर्ने शीर्ष २० खातावालाले विशेष ‘SBLNPL Gift Hamper’ प्राप्त गर्नेछन्। त्यस्तै, सबैभन्दा धेरै रिवार्ड पोइन्ट आर्जन गर्ने एक जना खातावालाले SBLNPL भिडियोमा फिचर हुने अवसर पाउनेछन्।
रिवार्ड पोइन्ट रिडेम्प्सनतर्फ अभियान अवधिमा सबैभन्दा धेरै ‘Rewards Point Redemption Transaction’ पूरा गर्ने शीर्ष पाँच खातावालाले दुई–दुई वटा SBLNPL टिकट प्राप्त गर्नेछन्।
त्यसैगरी, अभियान अवधिमा सबैभन्दा उच्च ‘Reward Champion Score’ हासिल गर्ने एक जना खातावालाले एनपीएलको सेमिफाइनल खेलमा ‘Player of the Match’ पुरस्कार प्रस्तुत गर्ने अवसर पाउनेछन्। बैंकका अनुसार ‘Reward Champion Score’ भन्नाले अभियान अवधिमा आर्जन गरिएको कुल रिवार्ड पोइन्ट र रिडिम गरिएको कुल रिवार्ड पोइन्टको योगफललाई जनाउँछ।
योजनासम्बन्धी थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिनेछ। बैंकका अनुसार ग्राहकले ०१–५९७००२० मा फोन वा [email protected] मा इमेलमार्फत जानकारी लिन सक्नेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)








.jpg)

प्रतिक्रिया