NIMB Header 2
Prabhu Mahalaxmi

सुनको मूल्य तीन लाख रुपैयाँभन्दा तल, चाँदी ४६ सय आसपास

United Ajod
  • BFIS News
  • 2026 Sep 17 11:16
सुनको मूल्य तीन लाख रुपैयाँभन्दा तल, चाँदी ४६ सय आसपास
IME LIFE

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला २ हजार ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला ३ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

Nepal Life
NIMB

यससँगै सुनको मूल्य पुनः तीन लाख रुपैयाँभन्दा तल झरेको छ। पछिल्लो मूल्यअनुसार एकैदिन प्रतितोला २ हजार ३०० रुपैयाँले कमी आएको हो।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला २ हजार ३०० रुपैयाँले घटेको छ। अघिल्लो दिन ३ लाख १ हजार १०० रुपैयाँ रहेको तेजाबी सुन आज २ लाख ९८ हजार ८०० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ६८५ रुपैयाँ रहेको थियो।

यसरी आज घरेलु बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया