विश्व बैंकले एक वर्षमा जुटायो ११२ अर्ब डलर निजी पुँजी, २–३ वर्षमा २०० अर्ब पुर्याउने लक्ष्य
- BFIS News
- 2026 Sep 17 21:07
वासिङ्टन । विश्व बैंकले विकासोन्मुख मुलुकमा लगानीका लागि निजी क्षेत्रबाट एक वर्षमा ११२ अर्ब अमेरिकी डलर पुँजी परिचालन गरेको छ। बैंकका अनुसार जुनमा समाप्त भएको आर्थिक वर्ष २०२६ मा परिचालन भएको यो रकम अघिल्लो वर्षको ६९ अर्ब डलरको तुलनामा उल्लेख्य वृद्धि हो।
विश्व बैंकका अनुसार आर्थिक वर्ष २०२२ मा परिचालन भएको निजी पुँजीको तुलनामा पछिल्लो रकम तीन गुणाभन्दा बढी हो। बैंकले आफ्नै स्रोतबाट सोही अवधिमा १२३ अर्ब डलर परिचालन गरेको थियो। निजी र सार्वजनिक स्रोत जोड्दा आर्थिक वर्ष २०२६ मा विश्व बैंकसँग सम्बन्धित परियोजनाका लागि कुल २३५ अर्ब डलर प्रतिबद्ध भएको छ।
विश्व बैंकका अध्यक्ष अजय बङ्गाले आगामी दुईदेखि तीन वर्षभित्र निजी पुँजी परिचालनलाई दोब्बरभन्दा बढी बढाएर २०० अर्ब डलरभन्दा माथि पुर्याउने लक्ष्य रहेको बताएका छन्। उनका अनुसार पेन्सन फन्ड, बीमा कम्पनी र ब्ल्याक रकजस्ता सम्पत्ति व्यवस्थापकसँग ठूलो मात्रामा लगानीयोग्य पुँजी रहेकाले त्यस्ता संस्थागत लगानीकर्तालाई आकर्षित गर्न कर्जा तथा परियोजनालाई एकरूप ढाँचामा तयार पार्ने काम भइरहेको छ।
विकासोन्मुख मुलुकमा ऊर्जा रूपान्तरण, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा आवश्यक वित्तीय स्रोत ठूलो भए पनि सरकारी विकास सहायता घटिरहेको अवस्थामा निजी पुँजी परिचालनलाई विश्व बैंकले प्राथमिकता दिएको हो।
बङ्गाका अनुसार सरकार, बहुपक्षीय संस्थाहरू र परोपकारी क्षेत्रबाट मात्रै विकासोन्मुख मुलुकका आवश्यकताअनुसार पर्याप्त पुँजी जुटाउन सम्भव छैन। त्यसैले राम्रो प्रतिफल खोजिरहेको निजी क्षेत्रको ठूलो पुँजीलाई विकास परियोजनातर्फ आकर्षित गर्ने संरचना आवश्यक रहेको उनको भनाइ छ।
ग्लास्गो फाइनान्सियल एलायन्स फर नेट जिरो, बोस्टन कन्सल्टिङ ग्रुप र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टको तथ्यांकअनुसार विश्वभर व्यवस्थापनमा रहेको संस्थागत पुँजीको आकार २८० ट्रिलियन डलरभन्दा बढी छ। तर ऐतिहासिक रूपमा यसको करिब ५ देखि ८ प्रतिशत मात्रै विकासोन्मुख अर्थतन्त्रतर्फ जाने गरेको छ।
विकासोन्मुख मुलुकमा नियामकीय अनिश्चितता, राजनीतिक जोखिम तथा स्थानीय मुद्रासँग सम्बन्धित चुनौतीका कारण निजी कम्पनीहरू ठूलो लगानी गर्न हिच्किचाउने गरेका छन्। यही चुनौती समाधान गर्ने उद्देश्यले बङ्गाले सन् २०२३ मा विश्व बैंकको अध्यक्ष बनेपछि निजी क्षेत्र लगानीसम्बन्धी विशेषज्ञहरूको ‘प्राइभेट सेक्टर इन्भेस्टमेन्ट ल्याब’ गठन गरेका थिए। यसमा ब्ल्याक रकका संस्थापक ल्यारी फिङ्कलगायतका विज्ञहरू सहभागी थिए।
विश्व बैंकले निजी पुँजी परिचालन बढाउन आफ्ना विभिन्न इकाइबीचको समन्वयसमेत सुधार गरेको जनाएको छ। यसअन्तर्गत कुनै देशले विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लगायतका विभिन्न संस्थासँग छुट्टाछुट्टै समन्वय गर्नुपर्ने अवस्थालाई घटाउँदै एउटै देशगत सम्पर्क व्यवस्थापकमार्फत काम गर्ने प्रणाली अघि बढाइएको छ।
त्यस्तै, विकास संस्थाहरूसँगको सहकार्य विस्तार गर्दै परियोजना स्वीकृतिको औसत समय एक वर्ष वा त्यसभन्दा बढीबाट घटाएर करिब नौ महिनामा ल्याइएको बङ्गाले बताएका छन्। सरल परियोजनाको स्वीकृति भने अझ छोटो समयमा हुने गरिएको छ।
विश्व बैंकका अनुसार पछिल्लो आर्थिक वर्षमा उसको करिब ४० प्रतिशत ऋण पूर्वाधार क्षेत्रमा र २६ प्रतिशत नियामकीय सुधारसम्बन्धी परियोजनामा गएको थियो। बङ्गाका अनुसार निजी लगानी आकर्षित गर्न पूर्वाधार विकास, राजस्व वृद्धि र आवश्यक नियामकीय सुधार महत्वपूर्ण आधार हुन्।
आर्थिक वर्ष २०२६ मा निम्न-मध्यम आय भएका मुलुक, उच्च-मध्यम आय भएका मुलुक तथा अफ्रिकी क्षेत्रमा निजी पुँजी परिचालन उल्लेख्य बढेको विश्व बैंकले जनाएको छ। भने न्यून आय भएका मुलुकमा निजी पुँजीको प्रवाह भने तुलनात्मक रूपमा स्थिर रह्यो।
अर्जेन्टिनाको लिथियम परियोजनामा २.५ अर्ब डलर
विश्व बैंकको पहलबाट अर्जेन्टिनाको उत्तरपश्चिममा रियो टिन्टोको लिथियम परियोजनामा पनि ठूलो लगानी परिचालन भएको बङ्गाले बताएका छन्।
परियोजनाका लागि आईएफसीले ४० करोड डलर ऋण उपलब्ध गराएको थियो। त्यसबाट अन्य ऋणदाताबाट थप ७७ करोड ५० लाख डलर आकर्षित भएको थियो। इक्विटी र ऋणसहित परियोजनामा कुल २ अर्ब ५० करोड डलर लगानी प्रतिबद्ध भएको छ।
रियो टिन्टोले लगानी गर्न चाहेको भए पनि नियामकीय सुनिश्चितता, स्थानीय मुद्रामा वित्तीय स्रोत तथा सडक र बन्दरगाह पूर्वाधार आवश्यक थियो। विश्व बैंकको सहजीकरणबाट ती चुनौती सम्बोधन गर्न सहयोग पुगेको बङ्गाको भनाइ छ।
ग्वाटेमालामा बन्डमार्फत विश्वव्यापी लगानी
ग्वाटेमालाको सबैभन्दा ठूलो बैंकमध्ये एक बान्को इन्डस्ट्रियलसँगको परियोजनालाई पनि विश्व बैंकले निजी पुँजी परिचालनको अर्को उदाहरणका रूपमा प्रस्तुत गरेको छ।
परियोजनाअन्तर्गत बैंकलाई १० करोड डलर ऋण दिइएको थियो। अर्को ऋण बन्डमार्फत जुटाइएको थियो, जसमा पिम्कोजस्ता सम्पत्ति व्यवस्थापकसहित १९० भन्दा बढी विश्वव्यापी लगानीकर्ता सहभागी भएका थिए।
उक्त बन्डमा माग उपलब्ध आपूर्तिभन्दा ३.६ गुणा बढी परेको थियो। गत सातासम्म दोस्रो बजारमा यसको कुल कारोबार करिब १.१ अर्ब डलर पुगेको विश्व बैंकका अधिकारीहरूले बताएका छन्।
यस बन्ड निष्कासनले यसअघि साना आकारका प्लेसमेन्ट गर्दै आएको बान्को इन्डस्ट्रियललाई अन्तर्राष्ट्रिय लगानीकर्तामाझ थप परिचित गराएको तथा ग्वाटेमालामा रोजगारी सिर्जनाका लागि स्रोत उपलब्ध गराएको विश्व बैंकले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)






.jpg)

.jpeg)

प्रतिक्रिया