शेयर बजारमा लगानी गर्नेका लागि सर्वाधिक कम व्याजदर, ४.६६ प्रतिशतमै पाउन थाल्यो, हेर्नुहोस् कुन बैंकमा कति
- BFIS News
- 2026 Sep 20 11:21
काठमाडौं। नेपालको शेयर बजार इतिहासमै बैंक तथा वित्तीय संस्थाले अहिलेसम्मकै सर्वाधिक कम व्याजदरमा शेयर धितोकर्जा प्रवाह गर्न थालेका छन्। बैंक तथा वित्तीय संस्थामा अत्याधिक तरलता हुँदा बैंकहरुको व्याजदर न्युन विन्दुमा छ।
नेपाल सरकार, अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्डले नै शेयर बजार मैत्री नीति अख्तियार गर्दै गर्दा बैंक तथा वित्तीय संस्थाहरुले पनि ४.६६ प्रतिशत व्याजदरमै कर्जा प्रवाह गरिरहेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारलाई दीर्घकालमा उत्पादनमूलक तथा दीर्घकालीन वित्त परिचालन गर्ने प्लेटफर्मका रूपमा विकास गर्नुपर्ने भन्दै यसका लागि सुधारका कदमहरू सावधानीपूर्वक अघि बढाइने बताउदै आएका छन्। उनि पूँजी बजारको गिरावट प्रति गम्भिर रुपमा चिन्तित छन्।
यस विचमा सरकारले पूँजी बजारका लागि राहात प्याकेज नै ल्यायो। पूँजीगत लाभकर घटाउनेदेखि लिएर सुधारका नीतिगत कार्यक्रम नै अगाडी सारेको छ। यसले पूँजी बजारमा गति लिने भन्दै केहि दिनदेखि शेयर बजारमा सुधार आइरहेको छ। बजार बढ्दो क्रममा जादै गर्दा अहिलेको व्याजदर लगानीकर्ताका लागि गोल्डेन अवसर हो। हेर्नुहोस् कुन बैंकको शेयर धितोकर्जा कति?
बैंक तथा वित्तीय संस्थाले असोज २०८३ मा शेयर धितो तथा मार्जिन कर्जामा ४.६६ प्रतिशतदेखि १३.२१ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन्। संस्थाअनुसार आधार दर, प्रिमियम, कर्जा अवधि तथा ग्राहक वर्गका आधारमा शेयर कर्जाको ब्याजदरमा उल्लेख्य अन्तर देखिएको छ।
सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको मार्जिन कर्जामा देखिएको छ। बैंकले यस्तो कर्जामा ४.६६ प्रतिशतदेखि ७.१६ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। त्यसपछि सिद्धार्थ बैंकको लोन अगेन्स्ट शेयरमा ४.९३ देखी ८.१८ प्रतिशत र प्राइम कमर्सियल बैंकको लोन अगेन्स्ट शेयरमा ४.९५ देखी ९.९५ प्रतिशत ब्याजदर छ।
सिटिजन्स बैंक इन्टरनेसनलले मार्जिन कर्जामा ५.०७ देखी ७.८२ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकले शेयर कर्जामा ५.१३ देखी ९.१३ प्रतिशत र नेपाल एसबीआई बैंकले ५.१४ देखी ७.१४ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। सानिमा बैंकले २० करोड रुपैयाँभन्दा बढीको शेयर कर्जामा ५.२१ देखी ७.२१ प्रतिशत ब्याजदर कायम गरेको छ।
त्यस्तै, एभरेस्ट बैंकको शेयर कर्जामा ५.२५ देखी ७.२५ प्रतिशत, एनएमबी बैंकमा ५.३१ देखी ७.५६ प्रतिशत, ग्लोबल आईएमई बैंकमा ५.३९ देखी ७.३९ प्रतिशत, नबिल बैंकमा ५.४२ देखी ७.४२ प्रतिशत र माछापुच्छ्रे बैंकमा ५.४५ देखी ७.४५ प्रतिशत ब्याजदर छ।
विकास बैंकतर्फ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लोन अगेन्स्ट शेयरमा ५.४७ देखी ९.४७ प्रतिशत, लुम्बिनी विकास बैंकको मार्जिन कर्जामा ५.५० देखी ९.५० प्रतिशत, कामना सेवा विकास बैंकमा ५.५२ देखी १०.५२ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कर्जामा ५.५५ देखी ९.५४ प्रतिशत ब्याजदर कायम छ।
हिमालयन बैंकको ‘शेयर लोनदेखी प्रिमियर’ मा ५.५९ देखी ७.५९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकमा ५.६३ देखी ६.१३ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा ५.६३ देखी ७.६३ प्रतिशत र महालक्ष्मी विकास बैंकमा ५.६८ देखी ९.४३ प्रतिशत ब्याजदर छ।
मितेरी डेभलपमेन्ट बैंकले ५.७२ देखी ९.७२ प्रतिशत, ज्योति विकास बैंकले ५.७४ देखी १०.७४ प्रतिशत, एनआईसी एसिया बैंकले ५.८० देखी ७.८० प्रतिशत, मञ्जुश्री फाइनान्सले ५.८९ देखी ९.८९ प्रतिशत र नेपाल बैंकले ५.९५ देखी ७.९५ प्रतिशत ब्याजदरमा शेयर कर्जा उपलब्ध गराएका छन्। सानिमा बैंकको अर्को लोन अगेन्स्ट शेयर योजनामा ५.९६ देखी ७.७१ प्रतिशत ब्याजदर छ।
यसैगरी, गुर्खाज फाइनान्सको शेयर कर्जामा ६.२१ देखी १३.२१ प्रतिशत ब्याजदर रहेको छ। गरिमा विकास बैंकले मार्जिन कर्जामा ६.२३ देखी ८.२३ प्रतिशत, सेन्ट्रल फाइनान्सले शेयर कर्जामा ६.३१ देखी ११.३१ प्रतिशत, मुक्तिनाथ विकास बैंकले ६.५२ देखी ८.५२ प्रतिशत र गुडविल फाइनान्सले मार्जिन कर्जामा ६.६५ देखी १०.६५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
ग्रीन डेभलपमेन्ट बैंकको शेयर कर्जामा ६.६९ देखी १०.६९ प्रतिशत, आईसीएफसी फाइनान्समा ६.७९ देखी ८.७९ प्रतिशत, कुमारी बैंकमा ६.९२ देखी ८.९२ प्रतिशत र प्रभु बैंकको लोन अगेन्स्ट शेयरमा ६.९४ देखी ८.९४ प्रतिशत ब्याजदर छ।
त्यस्तै, सिन्धु विकास बैंकको मार्जिन कर्जामा ७.२२ देखी १२.२२ प्रतिशत, प्रोग्रेसिभ फाइनान्समा ७.३३ देखी १०.३३ प्रतिशत, हिमालयन बैंकको ‘शेयर लोनदेखी स्ट्यान्डर्ड’ मा ७.५९ देखी ९.०९ प्रतिशत, बेस्ट फाइनान्समा ८.१० देखी १३.१० प्रतिशत र रिलायन्स फाइनान्सको शेयर कर्जामा ८.१० देखी ९.१० प्रतिशत ब्याजदर कायम छ।
शेयर धितो कर्जा प्रवाह करिब स्थिर
बैंक तथा वित्तीय संस्थाले साउन मसान्तसम्म १ खर्ब ६६ अर्ब ४२ करोड ६४ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन्। असार मसान्तमा यस्तो कर्जा १ खर्ब ६६ अर्ब ५० करोड ७९ लाख रुपैयाँ थियो। यस आधारमा साउनमा शेयर धितो कर्जा करिब ८ करोड १५ लाख रुपैयाँले घटेको देखिन्छ।
तर, अघिल्लो आर्थिक वर्षको असारको तुलनामा भने शेयर धितो कर्जा विस्तार भएको छ। २०८२ असारमा बैंक तथा वित्तीय संस्थाको शेयर धितो कर्जा करिब १ खर्ब ४० अर्ब रुपैयाँ थियो।
यसबीच शेयर बजारमा उतारचढाव कायम रहँदा शेयर धितो कर्जाको विस्तार भने अपेक्षाकृत स्थिर देखिएको छ। बजारमा आएको गिरावटका कारण लगानीकर्ताको पोर्टफोलियो मूल्य घट्दा शेयर धितोमा आधारित कर्जाको माग र उपयोगमा समेत त्यसको प्रभाव परेको देखिन्छ।
घट्दो ब्याजदरले लगानीकर्तालाई विकल्प
पछिल्लो समय बैंकिङ प्रणालीमा कर्जाको ब्याजदर घट्दै गएको छ। राष्ट्र बैंकले शेयर धितो कर्जासम्बन्धी विभिन्न व्यवस्थालाई क्रमशः खुकुलो बनाउँदै आएको छ भने पूँजी बजारसम्बन्धी नीतिगत व्यवस्थामा पनि परिवर्तन भएका छन्।
ब्याजदर घटेको अवस्थामा शेयर धितो कर्जा लिने लगानीकर्ताका लागि कर्जाको लागत विगतको तुलनामा कम हुन सक्छ। यद्यपि, शेयर कर्जा लिएर लगानी गर्दा ब्याज खर्चसँगै शेयर मूल्य घट्दा थप जोखिम सिर्जना हुन सक्ने भएकाले ब्याजदर मात्रै आधार बनाएर निर्णय गर्नु उपयुक्त हुँदैन।
विशेषगरी एउटै शीर्षकमा बैंकअनुसार ब्याजदरको अन्तर देखिएकाले कर्जा लिनुअघि आधार दर, प्रिमियम, अधिकतम कर्जा सीमा, कर्जा अवधि, नवीकरण शुल्क तथा अन्य लागत समेत तुलना गर्नुपर्ने हुन्छ। त्यससँगै शेयर बजारको मूल्य उतारचढाव र कर्जा तिर्न सक्ने क्षमतालाई समेत ध्यान दिनुपर्ने देखिन्छ।
हेर्नुहोस् कुन बैंकले कति व्याजदरमा दिदै छन् शेयरधितो कर्जा

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)











प्रतिक्रिया