नेपाल लाइफको कोशी प्रदेशस्तरीय तारा अवार्डमा ४०४ अभिकर्ता सम्मानित
- BFIS News
- 2026 Sep 20 19:03
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातै प्रदेशमा आयोजना गर्ने प्रदेशस्तरीय ‘तारा अवार्ड’ कार्यक्रमअन्तर्गत कोशी प्रदेशको कार्यक्रम इटहरीमा भव्य रूपमा सम्पन्न गरेको छ। होटल सोल्टी, इटहरीमा आयोजित कार्यक्रममा ४०४ जना अभिकर्ता सम्मानित भएका छन्।
“हाम्रो अभिकर्तालाई कसैलाई तलमाथि गर्ने उद्देश्य छैन। तर अराजक गतिविधि गर्नेलाई कम्पनी चुप लागेर बस्ने छैन,” पराजुली
कम्पनीले सातै प्रदेशमा आयोजना गर्ने गरी सुरु गरेको तारा अवार्ड कार्यक्रमको कोशी प्रदेशबाट औपचारिक सुरुवात गरेको हो। कार्यक्रममा सम्मानित अभिकर्तासहित कम्पनीका कर्मचारी तथा अन्य गरी करिब ५०० जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी सर्भिसिङ तथा पोलिसी सर्भिसिङ विभाग प्रमुख सुनिता पोखरेल, एजेन्सी विभागका प्रतिनिधि, मोटिभेटर किसु झा तथा पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसी र पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गणेश अधिकारीलगायतको उपस्थिति थियो।
कार्यक्रममा अभिकर्ताहरूको व्यावसायिक भूमिका, बीमा क्षेत्रका समसामयिक विषय तथा अभिकर्ताले भोगिरहेका समस्याबारे समेत छलफल भएको थियो। मोटिभेटर किसु झाको प्रेरणादायी प्रस्तुतीकरणले सहभागी अभिकर्तालाई थप उत्साहित बनाएको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले कम्पनीले सबै अभिकर्तालाई समान अवसर र सम्मानका साथ अघि बढाउने नीति लिएको बताए। उनले अभिकर्ताहरूलाई अनुशासन कायम गर्दै व्यावसायिक रूपमा अघि बढ्न आग्रह गरे।
“हाम्रो अभिकर्तालाई कसैलाई तलमाथि गर्ने उद्देश्य छैन। तर अराजक गतिविधि गर्नेलाई कम्पनी चुप लागेर बस्ने छैन,” पराजुलीले भने।
पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसीले बीमा ऐन तथा नियमावलीसँग सम्बन्धित विषयमा संघले निरन्तर पहल गरिरहेको बताए। अभिकर्ताको हितसँग सम्बन्धित केही विषय नियमावलीमा सुधार गर्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिँदै उनले अभिकर्ताहरूलाई सामाजिक सञ्जालको दुरुपयोग तथा भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गरे।
पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गणेश अधिकारीले सम्मानित सबै अभिकर्तालाई बधाई तथा आभार व्यक्त गरे। उनले हालैका बाढीपहिरो तथा विपद्का घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
अधिकारीले विपद्का समयमा संघ तथा व्यक्तिगत रूपमा सहयोग गरिएको जानकारी दिँदै प्रभावित क्षेत्रका घाइते, बेपत्ता तथा होल्डिङ सेन्टरमा रहेका अभिकर्ताको पहिचान गरी आवश्यक सहयोगका लागि सम्बन्धित स्थानमै पुग्ने तयारी रहेको बताए।
नेपाल लाइफका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित अभिकर्तालाई बधाई दिँदै आगामी दिनमा थप उत्साह र प्रतिबद्धताका साथ काम गर्न शुभकामना दिए। उनले नेपाल लाइफले पूर्वमा बनाएको व्यावसायिक इतिहासलाई पुनः दोहोर्याउने गरी अभिकर्ताहरूले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
कोशी प्रदेशमा सम्पन्न तारा अवार्डपछि कम्पनीले भोलि मधेश प्रदेशमा प्रदेशस्तरीय कार्यक्रम आयोजना गर्ने जनाएको छ। सातै प्रदेशमा आयोजना हुने कार्यक्रममार्फत उत्कृष्ट तथा योगदान पुर्याएका अभिकर्तालाई सम्मान गर्ने कम्पनीको कार्यक्रम रहेको छ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)










प्रतिक्रिया