NIMB Header 2
Prabhu Mahalaxmi

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा कति? तलब बाहेक अन्य भत्ता छैन

United Ajod
  • BFIS News
  • 2026 Sep 27 21:20
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा कति? तलब बाहेक अन्य भत्ता छैन
IME LIFE

काठमाडौं । सानिमा बैंकका दुई प्रमुख कार्यकारी अधिकृतले तलब बातत एक करोड ७७ लाख रुपैयाँ बुझेका छन्। गत आर्थिक २०८२/८३ मा दुई जनाले सीईओको जिम्मेवारी सम्हालेका थिए।

Nepal Life
NIMB

गत माघ १२ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पवन कुमार आचार्यले सम्हाल्दै आएका छन्। उनले माघ १२ गतेदेखि असार मसान्तसम्मको अवधिमा ५० लाख ५८ हजार रुपैयाँ तलब तथा सुविधाबापत बुझेका छन्। यसबाहेक उनले सञ्चय कोषबापत ५ लाख ५६ हजार रुपैयाँ प्राप्त गरेका छन्।

बैंकको व्यवस्था अनुसार आचार्यले मुनाफाबाट कर्मचारी बोनससमेत प्राप्त गर्नेछन्। यद्यपि, बैंकले उनलाई कार्यसम्पादनमा आधारित पारिश्रमिक भने उपलब्ध नगराएको प्रतिवेदनमा उल्लेख छ।

आचार्यभन्दा अघि सीईओ रहेका निश्चल राज पाण्डेले भने माघ ११ गतेसम्मको अवधिमा ५१ लाख ३ हजार ४४८ रुपैयाँ तलब तथा सुविधाबापत बुझेका छन्। पाण्डेको मासिक तलब ८ लाख रुपैयाँ रहेको थियो।

पाण्डेले कर्मचारी बोनसबापत ३६ लाख २२ हजार ४७४ रुपैयाँ प्राप्त गरेका थिए। त्यसैगरी, अन्य सुविधाबापत ३३ लाख ७२ हजार ८७७ रुपैयाँ बुझेका थिए। यसमा सञ्चय कोष, दशैं खर्च, बिदा, उपदानलगायतका सुविधा समावेश छन्।

बैंकले सिइओको तलब एक लाख रुपैयाँ बढाएको छ। पाण्डेको मासिक तलब ८ लाख रुपैयाँ रहेकोमा आचार्यले ९ लाख रुपैयाँ प्राप्त गरेका छन्। २ दशक भन्दा लामो बैंकिङ अनुभव हासिल गरेका आचार्यले भारतको जयपुरस्थित मालवीय राष्ट्रिय प्रौद्योगिकी संस्थान (MNIT)बाट इन्जिनियरिङमा स्नातक तथा संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि उनले चार वर्षभन्दा बढी समय इन्जिनियरका रूपमा काम गरेका थिए। त्यसपछि सानिमा बैंकमा प्रवेश गरेका आचार्यले बैंकमा २१ वर्ष भन्दा भन्दा बढी विभिन्न विभाग तथा शाखाको नेतृत्व गरिसकेका छन्।

उनको अनुभव कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्तलगायतका क्षेत्रमा रहेको बैंकले जनाएको छ। लामो समय बैंकमै रहेर विभिन्न जिम्मेवारी सम्हालेपछि उनी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा पुगेका हुन्।

तलब तथा नगद सुविधाबाहेक बैंकले प्रमुख कार्यकारी अधिकृतलाई करार सम्झौताअनुसार विभिन्न गैरनगद सुविधा पनि उपलब्ध गराउने गरेको छ। यसअन्तर्गत सवारी साधन, इन्धन, सवारी मर्मतसम्भार तथा चालक सुविधा रहेका छन्। बैंकले उपलब्ध गराएको यो तलब सुविधा अन्य बाणिज्य बैंकको भन्दा निकै कम हो। कतिपय बैंकले सिइओलाई तलब भन्दा दोब्बर भन्दा धेरै अन्य रकम उपलब्ध गराउदै आएका छन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया