NIMB Header 2
Prabhu Mahalaxmi

नेप्सेको सीईओ छनोटका लागि चार उम्मेदवार सर्टलिस्ट

United Ajod
  • BFIS News
  • 2026 Oct 06 12:32
नेप्सेको सीईओ छनोटका लागि चार उम्मेदवार सर्टलिस्ट
IME LIFE

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि चार जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन्।

Nepal Life
NIMB

अर्थ मन्त्रालयले २०८३ असोज १९ गते प्रकाशित गरेको सूचनाअनुसार नेप्सेको रिक्त सीईओ पदमा खुला प्रतिस्पर्धाबाट नियुक्तिका लागि सिफारिस गर्न चार उम्मेदवार छनोट भएका हुन्।

सीईओ छनोट तथा सिफारिस समितिले २०८३ साउन १२ गते खुला आवेदन आह्वान गरेको थियो। तोकिएको समयभित्र आठ जना उम्मेदवारले आवेदन दिएका थिए। तीमध्ये नेप्सेको सीईओ पदमा नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि, २०८३ को दफा ६.२ बमोजिम चार जनालाई दोस्रो चरणको मूल्याङ्कनका लागि सर्टलिस्ट गरिएको मन्त्रालयले जनाएको छ।

सर्टलिस्टमा अनिल राज पौडेल, नवराज सापकोटा, नारायण प्रसाद सापकोटा र प्रताप सुवेदी छन्।

छनोट भएका उम्मेदवारको नेतृत्व क्षमता, कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्तामार्फत दोस्रो चरणको मूल्याङ्कन गरिनेछ। त्यसका लागि असोज २३ गते अर्थ मन्त्रालय, सिंहदरबारमा अन्तर्वार्ता तथा प्रस्तुतीकरण कार्यक्रम तय गरिएको छ।

तालिकाअनुसार अनिल राज पौडेलको अन्तर्वार्ता बिहान ७ बजे र नवराज सापकोटाको बिहान ८ बजे हुनेछ। त्यस्तै, नारायण प्रसाद सापकोटाको साँझ ५ः३० बजे तथा प्रताप सुवेदीको साँझ ६ः३० बजे प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ।

उम्मेदवारहरूले तोकिएको समयभन्दा ३० मिनेट अगावै अन्तर्वार्ता स्थलमा उपस्थित हुनुपर्नेछ। कार्यक्रम अर्थ मन्त्रालयको सम्पर्क कक्ष नम्बर ४१९ मा हुनेछ।

चार उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्तापछि कार्यविधिअनुसार मूल्याङ्कन गरी नेप्सेको सीईओ नियुक्तिका लागि सिफारिस प्रक्रिया अघि  बढ्नेछ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया