NIMB Header 2
Prabhu Mahalaxmi

हिम पर्वत हाइड्रोपावरले पायो आइपिओ निष्काशन गर्ने स्वीकृति, ५९ लाख १५ हजार कित्ता जारी गर्ने

United Ajod
  • BFIS News
  • 2026 Oct 06 15:48
हिम पर्वत हाइड्रोपावरले पायो आइपिओ निष्काशन गर्ने स्वीकृति, ५९ लाख १५ हजार कित्ता जारी गर्ने
IME LIFE

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति दिएको छ।

Nepal Life
NIMB

बोर्डले २०८३ साल असोज २० गते कम्पनीको आईपीओ निष्काशनका लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति प्रदान गरेको हो। स्वीकृतिअनुसार कम्पनीले कुल ५९ लाख १५ हजार कित्ता साधारण सेयर सार्वजनिक निष्काशन गर्नेछ।

कम्पनीले आईपीओको निष्काशन मूल्य प्रति कित्ता ७०० रुपैयाँ तोकेको छ। यसअनुसार सार्वजनिक निष्काशनको कुल रकम करिब ४ अर्ब १४ करोड ५ लाख रुपैयाँ हुनेछ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ। बोर्डबाट विवरणपत्र प्रकाशनको स्वीकृति पाएसँगै कम्पनीको आईपीओ निष्काशन प्रक्रिया थप अघि बढ्नेछ।

हिम पर्वत हाइड्रोपावरको आईपीओका लागि बोर्डबाट दिइएको स्वीकृतिले कम्पनीलाई सार्वजनिक सेयर निष्काशनको बाटो खुला गरेको छ। अब तोकिएको प्रक्रिया पूरा गरी कम्पनीले आईपीओ निष्काशन तथा बिक्रीको मिति तय गर्नेछ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया