कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पुर्व बैंकर भरत राज ढकालको उम्मेदवारी
- BFIS News
- 2026 Oct 06 21:04
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा भरत राज ढकालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले बदलिँदो समय, जनअपेक्षा र नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्दै कांग्रेसलाई थप जनमुखी, गतिशील र परिणाममुखी बनाउनुपर्ने बताएका छन्।
ढकालले कांग्रेसको १५औं महाधिवेशनलाई नेतृत्व चयन गर्ने औपचारिक प्रक्रियाभन्दा पार्टीको आगामी दिशा, नीति र राजनीतिक यात्रालाई थप स्पष्ट बनाउने अवसरका रूपमा प्रस्तुत गरेका छन्। उनले महाधिवेशनमार्फत पार्टीको नीति र संगठनलाई समसामयिक आवश्यकतासँग जोड्नुपर्ने धारणा राखेका छन्।
वित्तीय तथा कृषि क्षेत्रमा आफ्नो व्यावसायिक अनुभव रहेको उल्लेख गर्दै ढकालले उक्त अनुभवलाई पार्टीको नीति निर्माण तहमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्। अर्थतन्त्र, कृषि, उत्पादन, उद्यमशीलता र रोजगारीका क्षेत्रमा हासिल गरेको अनुभवलाई राजनीतिक दृष्टिकोणसँग जोडेर जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने नीति निर्माणमा योगदान पुर्याउने उनको भनाइ छ।
उनले राजनीति पद र प्रतिष्ठामा सीमित विषय नभएको बताएका छन्। उनका अनुसार विचारलाई नीतिमा, नीतिलाई कार्यक्रममा र कार्यक्रमलाई जनताको जीवनमा देखिने परिणाममा रूपान्तरण गर्नु राजनीतिक जिम्मेवारी हो।
ढकालले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा माथि उठेर व्यावसायिक अनुभव, राजनीतिक विचार र जिम्मेवारीलाई पार्टीको नीति निर्माणसँग जोड्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)







.jpg)
.jpeg)


प्रतिक्रिया