गरिमा बैंकका सीईओ उपाध्यायको वार्षिक तलब सुविधा १ करोड ६७ लाख रुपैयाँ, उच्च व्यवस्थापनमा अनुभवी नेतृत्व
- BFIS News
- 2026 Oct 12 10:45
काठमाडौं । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले आर्थिक वर्ष २०८२/८३ मा तलब, भत्ता, बोनस तथा अन्य सुविधासहित करकट्टी गर्नुअघि १ करोड ६७ लाख ६५ हजार ९३३ रुपैयाँ बुझेका छन्।
बैंकले आर्थिक वर्ष २०८२/८३ मा प्रमुख कार्यकारी अधिकृतलाई कर्मचारी बोनससमेत गरी उक्त रकम प्रदान गरेको छ। यस अवधिमा नायब प्रमुख कार्यकारी अधिकृत तथा अन्य प्रबन्धकहरूलाई समेत गरी कुल ९ करोड ४४ लाख ६६ हजार ७६८ रुपैयाँ १७ पैसा पारिश्रमिक, भत्ता तथा अन्य सुविधाबापत भुक्तानी गरिएको छ।
बैंकले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई बैठक भत्ता, टेलिफोन र पत्रपत्रिका खर्चसहित कुल २० लाख ५४ हजार रुपैयाँ प्रदान गरेको छ। सात जना सञ्चालकलाई बैठक भत्ताबापत १६ लाख २० हजार रुपैयाँ र टेलिफोन तथा पत्रपत्रिका खर्चबापत ४ लाख ३४ हजार रुपैयाँ भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख छ।
उच्च व्यवस्थापनमा अनुभवी नेतृत्व
बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन्। उनीसँग करिब १८ वर्षको अध्यापन तथा प्राध्यापन अनुभव र १९ वर्ष उच्च व्यवस्थापन तहमा रहेर वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ।
त्यस्तै, नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीसँग कानुनमा स्नातक तथा चार्टर्ड एकाउन्टेन्सीको योग्यता छ। उनले करिब चार वर्ष लेखापरीक्षण क्षेत्रमा काम गरेका छन्। त्यसपछि जनता बैंक नेपालमा आन्तरिक लेखापरीक्षण विभाग प्रमुख, वित्त विभाग प्रमुख तथा सञ्चालन विभाग प्रमुखका रूपमा करिब छ वर्ष काम गरेको अनुभव छ।
रेग्मीले सेन्चुरी कमर्सियल बैंकमा करिब चार वर्ष प्रमुख वित्त अधिकृतका रूपमा र गरिमा विकास बैंकमा दुई वर्ष सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए। बैंकको प्रतिवेदनअनुसार उनी विगत दुई वर्षदेखि गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)









प्रतिक्रिया