करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन असोज ३१ भित्र बिल प्रविष्ट गर्नुपर्ने
- BFIS News
- 2026 Oct 15 10:41
काठमाडौं। आन्तरिक राजस्व विभागले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत पाक्षिक उपहार कुपन प्राप्त गर्न आगामी असोज ३१ गतेभित्र खरिद बिलको विवरण प्रविष्ट गर्न उपभोक्तालाई आग्रह गरेको छ।
विभागका अनुसार २०८३ असोज १६ देखि ३१ गतेसम्म नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछन्। यसका लागि उपभोक्ताले विभागको आधिकारिक पोर्टल prize.ird.gov.np मा गई आफूले प्राप्त गरेको खरिद बिलको विवरण तोकिएको समयभित्र प्रविष्ट गर्नुपर्नेछ।
उक्त अवधिमा प्रविष्ट गरिएका बिलका आधारमा प्राप्त उपहार कुपन आगामी कात्तिक १ गते खोलिने विभागले जनाएको छ। सोही दिन पुरस्कार विजेताको आधिकारिक घोषणा गरिनेछ।
पुरस्कार दाबी गर्न सक्कल खरिद बिल अनिवार्य हुने भएकाले विभागले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन उपभोक्तालाई अनुरोध गरेको छ। यसका साथै, वस्तु तथा सेवा बिक्री गर्दा प्रचलित नियमअनुसार बिक्री बिल वा बीजक जारी गर्न विभागले सबै व्यवसायीलाई आग्रह गरेको छ।
विभागले बिल लिने र जारी गर्ने कार्यलाई प्रोत्साहन गर्दै कर प्रणालीलाई थप पारदर्शी तथा व्यवस्थित बनाउन यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)










प्रतिक्रिया