विकास बैंकर्स संघको अध्यक्षमा कामना सेवा विकास बैंकका सीईओ थकाली निर्वाचित
- BFIS News
- 2026 Oct 30 18:39
काठमाडौं । विकास बैंकर्स संघ नेपालको अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली सर्वसम्मत निर्वाचित भएका छन् ।
संघको शुक्रबार कात्तिक १३ गते नागरकोटस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा सम्पन्न २१औँ वार्षिक साधारणसभाले थकालीको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । यसअघि थकालीले संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका सीईओ माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका सीईओ कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका सीईओ दीपेश लम्साल चयन भएका छन् ।
त्यस्तै, कार्यसमिति सदस्यमा तारा मानन्धर, सुमन आचार्य, रविन सिजापति, हरिबहादुर बुढाथोकी र अनन्तकुमार चापागाईं निर्वाचित भएका छन् ।
साधारणसभाले संघको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण र आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित बजेट पारित गरेको छ । सभाले लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ ।
अध्यक्षमा निर्वाचित भएपछि थकालीले विकास बैंकहरूको साझा हित संरक्षण, बैंकिङ क्षेत्रका चुनौती समाधान, कर्जा असुलीमा सुधार तथा डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)



 (3) (1).gif)
.gif)
.gif)



.jpg)






प्रतिक्रिया