NIMB Header 2
Nepal Life

घलेम्दी हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

Muktinath Bank
  • BFIS News
  • 2023 Dec 17 07:16
घलेम्दी हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने म्याद थप
National Life

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले मंसिर १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले निष्काशन गरेको हकप्रद शेयरमा अब पुस १६ गतेसम्म आवेदन दिन सकिने भएको छ।

NIMB

कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ३ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

मंसिर ३० गते शनिबार साँझ ५ः०८ बजेसम्ममा कम्पनीको हकप्रद शेयरमा ४६ लाख १७ हजार ६३२ कित्ता शेयरका लागि आवेदन परेको सिडिएससीले जनाएको छ। पर्याप्त आवेदन नपरेका कारण कम्पनीको हकप्रद शेयर निष्काशन अवधि लम्बिएको हो।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले सांग्रिला उर्जा प्रा.लि.द्वारा प्रबद्र्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत शेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया