Nepal Life

असार २७ गतेदेखि बुक विल्डिङमार्फत आइपिओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ मिल्स

NMB Bank
  • BFIS News
  • 2024 Jul 03 07:58
असार २७ गतेदेखि बुक विल्डिङमार्फत आइपिओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ मिल्स
United Ajod

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आगामी असार २७ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता रु ८२०.८० रुपैयाँ अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आइपिओ निष्कासन गर्न लागेको हो। सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागिएको हो।  

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि साउन १० गते बैंकिङ समयसम्म खरिद आवेदन दिन सक्नेछन्। यस्तै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन्।  

कम्पनीले गत असार १२ गते बुक विल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति पाएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया