Nepal Life

सानिमा बैंक‍को ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2024 Jul 03 09:38
सानिमा बैंक‍को ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
United Ajod

काठमाडौं । सानिमा बैंक‍ले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आम सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी आजदेखि ६८ हजार कित्ता सेयर बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारण तथा कम्पनीका लागि संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ।  

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। आवेदन पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ।

 उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया