NIMB Header 2
Prabhu Mahalaxmi

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८ औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

United Ajod
  • BFIS News
  • 2024 Jul 11 22:13
सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८ औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
IME LIFE

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आज असार २७ गते १७ बसन्त पार गरेर १८ ‍औं बर्षमा प्रबेश गरेको छ ।  यही  १८ औं बार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय प्रांगडमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।  

Nepal Life
NIMB

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आयोजित कार्यक्रममा  मुख्य अभिप्राय “रक्तदान गर्नुहोस् , जिवन दान दिनुहोस्” भन्ने  मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।  

सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिती रहेको थियो । 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया