NIMB Header 2
Prabhu Mahalaxmi

ग्लोबल आइएमई बैंकको सिइओमा रेग्मी नियुक्त, भदौदेखि जिम्मेवारी सम्हाल्ने

United Ajod
  • BFIS News
  • 2024 Jul 25 13:58
ग्लोबल आइएमई बैंकको सिइओमा रेग्मी नियुक्त, भदौदेखि जिम्मेवारी सम्हाल्ने
IME LIFE

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको आज बसेको सञ्चालक समिति बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो।

Nepal Life
NIMB

उनले भदौ १ गतेबाट कार्यभार सम्हाल्ने छन्। उनी हाल बैंकमा वरिष्ठ डेप्युटी सिइओको रुपमा कार्यरत छन् ।

बैंकिङ क्षेत्रमा ३५ बर्ष अनुभव भएका उनले राष्ट्रिय वाणिज्य बैंकमा लामो समय काम गरेका थिए।  रेग्मी विसं २०६५ मा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा आबद्ध भएका थिए।

उनले ग्लोबल आइएमई बैंकमा व्यापार नीति, औद्योगिक ऋण, ऋण रिकभरी, शाखा संचालन, ऋण जोखिम तथा प्रशासन जस्ता विभिन्न विभागमा रहेर नेतृत्व गरिसकेका छन्।

बैंकिङ क्षेत्रसँग सम्बन्धित उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम पनि लिएका छन्। रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन्।

रेग्मीले बेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका थिए साथै त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।

 

 

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया