NIMB Header 2
Nepal Life

कम्पनी दर्ता कसरी गर्ने ?

Muktinath Bank
  • पुरुषाेत्तम सुवेदी
  • 2023 Aug 14 16:43
कम्पनी दर्ता कसरी गर्ने ?
National Life

काठमाण्डाैँ । कम्पनी भन्नाले उद्योग व्यवसाय गर्न चाहने व्यक्ति वा समूहले कम्पनी ऐन, २०६३ अनुरुप प्रा.लि. तथा प.लि. को रुपमा संस्थापन गरेका अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थालाइ बुझिन्छ । यसले व्यक्तिसरह चल अचल सम्पत्ति प्राप्त गर्न, राख्न, वेचविखन गर्न वा अन्य किसिमले व्यवसाय गर्न सक्छ साथै यसले आफ्नो नामबाट नालिस उजुर गर्न सक्छ । कम्पनीका निम्न प्रकार हुन्छन् :

  • प्राइभेट कम्पनी : उपरोक्त क बमोजिम संस्थापित बढीमा ५० जनासम्म शेयरधनीहरुको कम्पनी हो साथै एकल शेयरधनी भएको कम्पनी पनि प्राइभेट कम्पनी अर्न्तर्गत पर्दछ ।

  • पव्लिक कम्पनी : उक्त क बमोजिम संस्थापित कम्पनीमध्ये प्राइभेट कम्पनीबाहेकको कम्पनी हो जसमा कम्तीमा ७ जना संस्थापक रहनु पर्ने र चुक्ता पूजी कम्तीमा रु.१ करोड भएको हुनुपर्दछ ।

  • मुनाफा वितरण नगर्ने कम्पनी : कुनै उद्येश्य प्राप्तीको लागी आर्जित मुनाफा वा वचत गरेको रकमबाट लाभांस वा अन्य कुनै रकम सदस्यहरुलाइ वितरण वा भुक्तानी गर्न नपाउने गरी कम्पनी ऐन, २०६३ बमोजिम संस्थापित कम्पनी हो जसमा कम्तीमा ५ जनासम्म संस्थापक रहने र यस्तो कम्पनीले आफ्नो नामको पछाडि सामान्यतया कम्पनी लिमिटेड वा प्रा.लि. जस्ता शव्दहरु लेखिरहनु पर्दैन ।

NIMB

कम्पनी दर्ता कसरी गर्ने ?

कुनै पनि कम्पनी दर्ता उद्योग मन्त्रालय अर्न्तर्गत कम्पनी रजिष्ट्रारको कार्यालयबाट हुन्छ जसको दागी देहायबमोजिमका कागजपत्रहरु आवश्यक पर्दछन् ।

. नेपाली नागरिक शेयरधनी रहने -मुनाफा वितरण नगर्ने समेत) गरी संस्थापन हुने कम्पनीको सम्बन्धमा :

  • अनुसूची १ बमोजिमको निवेदन ।

  • एकल शेयरधनी रहने प्रस्तावित प्राइभेट कम्पनी भएमा अनुसूची ९ बमोजिम, एकल बाहेक अन्य प्राइभेट कम्पनी भएमा अनुसूची १० बमोजिम, पव्लिक लिमिटेड कम्पनी भएमा अनुसूची ११ बमोजिम र मुनाफा वितरण नगर्ने कम्पनी भएमा अनुसूची १२ बमोजिमको प्रबन्धपत्र २ प्रति ।

  • प्रस्तावित कम्पनी प्राइभेट लिमिटेड भएमा अनुसूची १४ बमोजिम, पव्लिक लिमिटेड कम्पनी भए अनुसूची १५ बमोजिम र मुनाफा वितरण नगर्ने कम्पनी भए अनुसूची १६ बमोजिमको नियमावली २ प्रति ।

  • संस्थापक शेयरधनीहरुको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

  • प्रा.लि.कम्पनीको हकमा र्सवसम्मत संझौता भएको रहेछ भने त्यस्तो संझौताको प्रतिलिपि ।

  • पव्लिक लिमिटेड कम्पनीको हकमा कम्पनी संस्थापना गर्नु अघि संस्थापकहरुबीच कुनै संझौता भएको रहेछ भने सोको प्रतिलिपि ।

  • कुनै निकायको पूर्व स्वीकृति वा इजाजत आवश्यक पर्ने भए त्यस्तो निकायको स्वीकृति वा इजाजत ।

  • संस्थापक नेपाली कम्पनी (कानूनी व्यक्ति) भएमा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, नया संस्थापना हुन लागेको कम्पनीमा के, कति र कसरी लगानी गर्ने तथा संस्थापक कम्पनीको प्रतिनिधित्व गर्ने व्यक्तिको नाम खुलाइएको संचालक समीतिको निर्णयको प्रतिलिपि र प्रतिनिधिको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

२ विदेशी नागरिक संस्थापक तथा शेयरधनी रहने गरी स्थापना हुने संयुक्त लगानी वा पूर्ण विदेशी लगानी हुने कम्पनीको लागी आवश्यक थप कागजपत्र ।

  • प्रचलित कानून वमोजिम सम्वन्धित निकायबाट नेपाल राज्यभित्र लगानी गर्न अनुमति पाएको इजाजतपत्रको प्रतिलिपि,

  • संयुक्त लगानी हुने औद्योगिक कम्पनीको हकमा उद्योग विभागबाट स्वीकृति तथा संयुक्त लगानी सम्झौताको प्रतिलिपि,

  • विदेशी व्यक्ति संस्थापक भएमा निजको राहदानी (पासपोर्ट) को प्रमाणित प्रतिलिपि र कानूनी व्यक्ति (कम्पनी) भए कम्पनी दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि तथा कम्पनीले लगानी गर्ने सम्वन्धी निर्णयको प्रतिलिपि र कम्पनीको तर्फाट प्रतिनिधित्व गर्ने व्यक्तिको मनोनयन पत्र एवं निजको राहदानीको प्रमाणित प्रतिलिपि ।

३ प्राइभेट र्फम । साझेदारी फर्मलाइ कम्पनीमा परिणत गरी कम्पनी दर्ता गर्न आवश्यक थप कागजपत्र

  • प्रा.र्फम/साझेदारी र्फमलाई कम्पनीमा परिणत गर्ने सन्वन्धमा संस्थापकहरुवीचको संझौता ।

  • नविकरण गरिएको र्फम दर्ता प्रमाणपत्र ।

  • आयकर दर्ताको प्रमाणपत्रको प्रतिलिपि र कर फछ्र्यौटको प्रमाण वा सहमती ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया