NIMB Header 2
Prabhu Mahalaxmi

साताको कारोबारको अन्तिम दिन नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम २१ अर्बमाथि

United Ajod
  • BFIS News
  • 2024 Aug 01 15:55
साताको कारोबारको अन्तिम दिन नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम २१ अर्बमाथि
IME LIFE

काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्सेमा करेक्सन आएको छ। आज नेप्से सामान्य अंकले घटेको छ। नेप्से ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा रोकिएको छ।

Nepal Life
NIMB

कारोबार अवधिमा एक पटक २८ सयको विन्दु पार गरेको नेप्से त्यो विन्दुमा अडिन भने सकेन।

आज २१ अर्ब ७१ करोड रूपैयाँको सेयर कारोबार भएको छ। बुधबार हालसम्मकै उच्च २१ अर्ब ९१ करोड रूपैयाँको कारोबार भएको थियो। यो रकम अघिल्लो दिनको तुलनामा २० करोड रूपैयाँ कम हो।

आज ३३२ वटा धितोपत्रको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ वटाको घटेको छ। यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन आठ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, नेपाल हाइड्रो डेभलपर्स, शुभम् पावर, सिटी होटल र कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ।  

पिपुल्स हाइड्रोपावरको मूल्य सर्वाधिक ९.१३ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४३१ रूपैयाँ कायम भएको छ।

यस्तै, १०% प्रभु बैंक डिबेन्चर २०८४ को मूल्य ८.६५ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार २५ रूपैयाँ कायम भएको छ।।

बिहीबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य ७७० रूपैयाँमा ५९ करोड ७५ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.२३ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६४४ रूपैयाँमा ४३ करोड ८१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ७ समूहको परिसूचक घटेको छ।

यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३.६९ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक ३.५४ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया