NIMB Header 2
Prabhu Mahalaxmi

आइपिओ जारी गर्दै मिरा बायोटेक, एलिट क्यापिटलसँग कर्पोरेट एडभाइजरी सम्झौता

United Ajod
  • BFIS News
  • 2024 Sep 04 13:58
आइपिओ जारी गर्दै मिरा बायोटेक, एलिट क्यापिटलसँग कर्पोरेट एडभाइजरी सम्झौता
IME LIFE

काठमाडौं । दक्षिण कोरियाली विश्वप्रसिद्ध बायो फर्मास्युटीकल कम्पनीसँगको सहकार्यमा औषधी उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले आइपिओ जारी गर्ने भएको छ। सो कम्पनीले पुँजी वृद्धी र आइपिओ निष्काशन प्रक्रिया अगाडि बढाउन एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाइजरी सम्बन्धी सम्झौता पनि गरेको छ ।

Nepal Life
NIMB

उक्त सम्झौतापत्रमा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेक लिमिटेडका अध्यक्ष डा. विनोद साहले हस्ताक्षर गरे।

दक्षिण कोरियाको इयुबायोलोजिक्स कम्पनी लिमिटेड (ईयूबी) सँगको सहकार्यमा अत्याधुनिक प्लान्टमार्फत औषधी तथा भ्याक्सिन उत्पादन गरिरहेको मिरा बायोटेकले भर्खरै सम्पन्न साधारणसभामार्फत कम्पनीलाई प्राइभेटबाट पब्लिक कम्पनीमा परिवर्तन गर्ने निर्णय गरेको थियो। योसँगै यस कम्पनीले २० प्रतिशत सेयर आम सर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया